site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
टीभीएसको च्याम्पियन अफ टेक्नोलोजी अफर अब दुई दिन मात्र बाँकी

काठमाडौं । टीभीएसको च्याम्पियन्स अफ टेक्नोलोजी अफर सकिन दुई दिन बाँकी रहेको छ । नेपालमा टीभीएसका दुईपाङ्ग्रे सवारीसाधनको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्षलाई लक्षित गरेर यो अफर ल्याएको थियो ।

नयाँ वर्ष २०८० को अवसरअन्तर्गत टीभीएसले आफ्ना हरेक बाइकको खरिदमा आठ हजार रूपैयाँको स्योर सट क्यास डिस्काउन्ट, स्कुटरको खरिदमा सात हजार रुपैयाँ स्योर सट क्यास डिस्काउन्ट र अपाचे बाइकको खरिदमा पाँच हजार रूपैयाँ बराबरको हेल्मेट सित्तैमा दिइरहेको छ ।

Argakhachi Cement Island Ad

यसका साथै शून्य प्रतिशत ब्याजदरको फाइन्यान्स सुविधा र बाइक एक्सचेन्जमा बजार मूल्य भन्दा १० हजार बढी भ्यालुएसन पनि पाउने अवसर यस अफरमा रहेको कम्पनीले जनाएको छ।

सीमित अवधिका लागि लागु भएको च्याम्पियन्स अफ टेक्नोलोजी अफर अब तीन दिन मात्र बाँकी रहनको बताउँदै कम्पनीले समयमै अफरको सदुपयोग गर्न ग्राहकलाई आग्रह गरेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १२:३८
प्रतिक्रिया दिनुहोस्