site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विराटनगर महानगरलाई स्वास्थ्य मन्त्रालयको पुरस्कार

विराटनगर । संघीय सरकारको स्वास्थ्य मन्त्रालयले विराटनगर महानगरपालिकालाई पुरस्कृत गर्ने भएको छ । सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनमा रोक लगाउन पहल लिएको कदर स्वरुप महानगरलाई पुरस्कृत गर्न लागिएको हो ।

संघीय सरकारले लागु गरेको सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गर्न नपाउने कानुन कार्यान्वयनमा अघि बढेको विराटनगरले केही क्षेत्रमा धुमपान सेवनमा कडाइ गरेको छ । 
मन्त्रालयले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई हरेक वर्ष पुरस्कार प्रदान गर्ने गरेको छ ।

“सुर्तीजन्य पदार्थको बिक्री, वितरण र सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमनमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै कानुन कार्यान्वयन गर्ने निकाय (सरकारी कार्यालयतर्फ) विराटनगर महानगरपालिकालाई पुरस्कृत गर्ने निर्णय गरिएको छ,” मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

गत वैशाख १ गतेदेखि सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको बिक्री र सेवनमा महानगरले रोक लगाएको छ । मेयर नागेश कोइरालाले स्वास्थ्य मन्त्रालयले प्रदान गर्ने पुरस्कार विराटनगरबासीको लाग गौरवको विषय भएको सुनाए ।

साउन १ गतेदेखि सुर्तीजन्य पदार्थको बिक्रीका लागि लिएको अनुमतिपत्र नवीकरण र नयाँ दर्ता नगर्ने कोइरालाले बताए ।

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १२:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro