देश
काठमाडौं । सरकारले स्थानीय सरकारसंगको समन्वयमा वाग्मती, विष्णुमतीलगायत नदी किनारामा रहेका अनधिकृत बसोबास हटाउने भएको छ ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थानीय तहसँगको समन्वयमा वास्तविक सुकुम्बासीको वैकल्पिक व्यवस्थापन गरी वाग्मती र विष्णुमतीलगायत नदी किनारामा रहेका अनधिकृत बसोबास हटाइने जनाएका छन् ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नदी किनारामा रहेका अनधिकृत बसोबास हटाउन संघीय सरकारले सहयोग नगरेको आरोप लगाँउदै आएका थिए ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १८:३५
प्रतिक्रिया दिनुहोस्