site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सगरमाथा चुचुरोमा कांग्रेसको चारतारे झण्डा 
SkywellSkywell

काठमाडौं । ओखलढुंगाका ग्याल्जेन शेर्पाले नेपाली कांग्रेसको चारतारे झण्डा सगरमाथा चुचुरोमा फहराएका छन् । 

खिजिदेम्वा–९, ओखलढुंगाका आरोही शेर्पाले राष्ट्रिय झण्डा र नेपाली कांग्रेसको चुनाव चिन्ह रुख अंकित झण्डा पनि फहराएका हुन् । 

KFC Island Ad
NIC Asia

ओखलढुंगा कांग्रेसले गत चैत ११ गते आरोही शेर्पालाई कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको हातबाट झण्डा हस्तान्तरण गर्दै शुभकामना दिएको थियो । 

उनले यही जेठ १० गते विहान ६ः३६ बजे सगरमाथाको सफल आरोहण गर्दै राष्ट्रिय झण्डासँगै कांग्रेसको झण्डा फहराएको नेपाली कांग्रेस ओखलढुंगा काठमाडौं सम्पर्क समितिका सभापति खिला लुइटेलले जानकारी दिए । उनका अनुसार आरोही शेर्पासहितको टोली केही दिनपछि काठमाडौं आइपुग्नेछ ।
 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १५:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro