site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चलचित्र ‘जार’को गीत ‘ए ठूली’मा लाहुरेको कथा

काठमाडौं । चलचित्र ‘जार’को गीत सार्वजनिक भएको छ । ‘ए ठूली’ बोलको गीतमा झुमा लिम्बू र पवन गिरीको स्वर छ । गीतमा शब्द हर्क साउदको छ । संगीत झुमा लिम्बू स्वयंको छ । 

लोकलयमा आधारित प्रेमिल गीतमा प्रेममा रहेका व्यक्तिले गर्ने कल्पना र प्रतिक्षा समेटिएको छ । प्रेमीको पखाईमा आँखा बिच्छ्याएर बसेकी प्रेमिकाको कथा गीतमा उल्लेख छ । 

लाहुरमा रहेको प्रेमीलाई घाम, पानी, खोलाको सामना गर्दा हुने सम्भावित दुःख गीतले समेटेको छ । गीतले सिनेमाले लाहुरेको कथा भन्ने प्रष्ट पारेको छ । 

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल, गिताञ्जली थापालगायत कलाकार फिचर्ड छन् । भिडियोले स्थानीय ग्रामीण जनजीवन चित्रण गरेको छ । 

वैशाख २६ गतेबाट प्रदर्शनमा आउने ‘जार’ सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित रहेर बनेको चलचित्र हो । ‘जार’ साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित सिनेमा हो ।

फेरि टेल पिक्चर्सले निर्माण गरेको ‘जार’ सामाजिक विषयमा बने पनि कम्प्लिट प्याकेज भएको निर्देशक लामाको दाबी छ । 

चलचित्र ‘जार’मा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिका छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  ०७:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro