site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आयकरमा सार्वजनिक संस्थानको योगदान घढ्दो

काठमाडौं । सार्वजनिक संस्थानले तिर्ने आयकर वर्षेनी घट्दै गएको छ । पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा ४४ संस्थानले सरकारलाई बुझाउने आयकर बर्सेनि घट्दै गएको हो ।

सरकारले गत आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्म आयकरबापत कुल दुई खर्ब ५७ अर्ब सात करोड आठ लाख रुपैयाँ संकलन गरेको थियो । जसमा सार्वजनिक संस्थानले सरकारको सञ्चित कोषबाट १४ अर्ब ३८ करोड १८ लाख रुपैयाँ आयकर दाखिला गरेका छन् । यो अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा २.९६ प्रतिशतले कम हो ।

कुल आयकरमा सार्वजनिक संस्थानले गत वर्ष ५.५९ प्रतिशत योगदान गरेको थियो भने त्यसअघिका दुई वर्ष आयकरमा योगदान लगातार घटेको छ । आर्थिक वर्ष २०७६/७७ मा ८.८२ प्रतिशत योगदान गरेकोमा आर्थिक वर्ष २०७७/७८ मा ६.५६ प्रतिशत योगदान सार्वजनिक संस्थानले आयकर योगदन गरेको आइतबार सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८०’ मा उल्लेख छ ।

उक्त प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६/७७ मा दुई खर्ब १९ अर्ब ६८ करोड ९५ लाख रुपैयाँ आयकर संकलन भएकोमा संस्थानहरूले  १९ अर्ब ३६ करोड ८८ लाख रुपैयाँबाट प्राप्त भएको छ । 

त्यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा दुई खर्ब २५ अर्ब ९४ करोड ४८ लाख रुपैयाँ संकलन भएकोमा यो वर्ष संस्थानबाट १४ अर्ब ८२ करोड नौ लाख रुपैयाँ र आर्थिक वर्ष २०७८/०७९ मा दुई खर्ब ५७ अर्ब सात करोड आठ लाख रुपैयाँ आयकर सरकारलाई प्राप्त भएकोमा १४ अर्ब ३८ करोड १८ लाख रुपैयाँ यी संस्थानबाट तिरिएको हो ।

सार्वजनिक संस्थानमध्ये ३३ वटा संस्थान कम्पनी ऐन, सातवटा संस्थान विशेष ऐन, दुईवटा सञ्चार संस्थान ऐन, एउटा सहकारी ऐन र एउटा संस्थान ऐनबमोजिम स्थापना भएका हुन् ।

संस्थानमा औद्योगिक, व्यापारिक, सेवा, सामाजिक, जनउपयोगी र वित्तीय क्षेत्रहरू रहेका छन् ।

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १८:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro