site stats
बाह्रखरी :: Baahrakhari
विदेश
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
बोइङ र एयरबसलगायत पश्चिमा कम्पनीलाई टक्कर दिँदै चीनले बनाएको विमानको सफल उडान
Ghorahi CementGhorahi Cement

काठमाडौं । चीनमा निर्मित पहिलो यात्रुवाहक जेट विमानले आइतबार सांघाईबाट बेइजिङको सफल उडान गरेको छ ।

बोइङ र एयरबसजस्ता पश्चिमी प्रतिद्वन्द्वी कम्पनीसँग प्रतिस्पर्धा गर्ने संकेत गर्दै आइतबार चिनियाँ यात्रुवाहक जेट विमानले दशकौँ लामो प्रयासपछि व्यावसायिक उडानको उद्घाटन गरेको हो ।

चाइना इस्टर्न एयरलाइन्सको एमयू ९१९१ विमानका रुपमा चीनको नयाँ न्यारो बडी विमानले सांघाईबाट स्थानीय समयअनुसार बिहान १० बजेर ३२ मिनेटमा उडान भरेको थियो ।

Dabur nepal
Agni Group

१२ बजेर ३१ मिनेटमा विमानले बेइजिङ क्यापिटल इन्टरनेसनल एयरपोर्टमा अवतरण गरेको थियो । विमानलाई पानीको सलामीसहित स्वागत गरिएको थियो ।

वर्षौँको अनुसन्धान र विकासपछि यो विमानलाई चिनियाँ कम्पनी कोम्याक (कर्मसियल एयरक्राफ्ट कर्पाेरेसन अफ चाइना)ले न्यारोबडी सी ९१९ को निमार्ण गरेको हो ।

यो विकासलाई विदेशी टेक्नोलोजीमा निर्भरता कम गर्ने र विश्वव्यापी बजारमा चिनियाँ प्राविधिक उत्पादनको प्रवर्द्धन गर्ने पहल ‘मेड इन चाइना २०२५’ को हिस्साका रुपमा हेरिएको छ ।

यसले घरेलु उत्पादनलाई बढावा दिँदै उड्यन क्षेत्रमा समेत विदेशी निर्भरता घटाउने लक्ष्य राखेको छ ।

पहिलो व्यावसायिक उडान नयाँ विमान आगमन भएको युगको अवसर भएको र यो राम्रो हुँदै जाने कोम्याकका मार्केटिङ एवं बिक्री विभागका निर्देशक झाङ सियाओगुआङले भनेका छन् ।

यो विमानको रेन्ज पाँच हजार ५५५ किलोमिटर रहेको छ । ट्विन इन्जिन भएको विमानमा बिजनेस र इकोनोमी गरी १६४ सिट छन् ।

सांघाई सरकारले जारी गरेको २०२२ को सांघाई विज्ञान एवं प्रविधि प्रगति प्रतिवेदनका अनुसार २०२२ को अन्त्यसम्म ३२ ग्राहकबाट विमानका लागि जम्मा एक हजार ३५ अर्डर आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १८:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu