site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बजेटको पूर्वसन्ध्यामा नेप्से घट्यो, साढे दुई अर्बको कारोबार
Ghorahi CementGhorahi Cement

काठमाडौं । बजेट आउने अघिल्लो दिन आज (जेठ १४ गते) नेप्से परिसूचक १७.३८ अंकले घटेको छ । तर, दुई अर्ब ६३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

गत साता लगातार उकालो लागेको नेप्से आज घटेर बन्द भएको हो । नेप्से ०.८९ प्रतिशतले घटेर १९४१.७४ विन्दुमा रोकिएको छ । 

Agni Group

बजेटको पूर्वसन्ध्यामा कारोबारीहरू हाबी हुँदा आज नेप्से घटेको अनुमान गर्न सकिन्छ । गत बुधबार एक अर्ब ८७ करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज दुई अर्ब ६३ करोड भन्दा बढीको सेयर कारोबार भएको छ । त्यस्तै, मंगलबार भने दुई अर्ब २० करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । यस कम्पनीको सेयर मूल्य लगातार वृद्धि हुँदै आएको छ ।

Global Ime bank

शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको २१ करोड ७९ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको हो ।

कारोबारमा आएका १३ समूहमध्ये दुई वटा समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी सबैको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक होटेल तथा पर्यटन समूहको परिसूचक २.७७ प्रतिशतले घटेको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १६:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC