site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसी प्रदेशसभा भवननजिक विरोध प्रदर्शनको तयारी गरेका २४ जना पक्राउ

विराटनगर । कोसी प्रदेश नामकरणको विरोधमा आन्दोलनमा उत्रिएका ‘एलभी फोर्स’का २४ कार्यकर्ता पक्राउ परेका छन् । आइतबार बिहान प्रहरीले उनीहरूलाई विराटनगरबाट छुट्टाछुट्टै समयमा पक्राउ गरेको हो ।

देवकोटाचोकमा प्रदर्शनको तयारी गरिरहँदा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रदेशसभा भवन घेराउ गर्ने उद्देश्यले उनीहरू त्यहाँ भेला भएका थिए ।

पक्राउ पर्नेमा संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष थाङसाङ लावती, उपमहासचिव दीपा आङदाङवालगायत छन् । एलभी लेखिएको हेलमेट लगाएको समूहलाई पक्राउ गरिएको मोरङका प्रहरी प्रमुख एवं एसपी दीपक पोखरेलले जानकारी दिए ।

गएको पुस १७ गते प्रदेशको नामकरणपछि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । आजदेखि कोसी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुँदै छ । त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १०:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro