site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौं महानगरका सबै वडामा सरसफाइ
Dabur Nepal
NIC Asia

काठमाडौं । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिले पद बहाली गरेको एक वर्षका अवसरमा आज ३२ वटै वडामा सरसफाइ गरेका छन् । वडा नं. १ को कमलपोखरी, २ को नारायण गोपाल मार्ग, ३ को लाजिम्पाट, ४ को बालुवाटार तथा ५, छ र ७ मा  सरसफाइ गरेको छ ।    

वडा नं. ८ को पशुपति क्षेत्र, ९ को बत्तीसपुतली, १० को वडा कार्यालय परिषर, वडा नं. ११ को माइतीघर मण्डला, १२ को ओन्दे, १३ को ताहाचाल पुल, १४ को कुलेश्वर भलिबल मैदान, १५ को भगवान पाउर १६ को सोह्रखुट्टे चोकमा पनि सरसफइक गरिएको कामपा वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए ।   

महानगरको वडा नं. १७ डल्लु पुल, १८ को कार्यालय परिषर, १९ को दमाईं टोल, २० को भीमसेन स्थान,  २१ को जैसीदेवल,  २२ को टेबहाल,  २३ को यङ्गाल, २४ को हनुमानढोका,  २५ को असन डबली, २६ को सञ्चय कोष भवन अगाडि, २७ को असन, २८ को  कमलादी गणेश स्थान, २९ को ढुङ्गेधारा, ३० को वडा भवनअगाडि, ३१ को पुरानो वडा कार्यालय–भीमसेन गोला तथा वडा नं. ३२ को कोटेश्वर चोक (प्रहरी वृत्त)मा सरसफाइ गरिनेछ ।   
   
‘विशेष सरसफाइ कार्यक्रममा वडाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीसहित वडाका सबै सरोकारवाला समेतलाई अधिकतम सहभागी गराई कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न गर्ने लक्ष्य कामपाको छ ।  विसं २०७९ वैशाख ३० गते स्थानीय तह निर्वाचन सम्पन्न भएको थियो । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १२:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro