site stats
बाह्रखरी :: Baahrakhari
कला
‘बहाव’मा विद्याले जितिन् थाइल्यान्ड भ्रमणकाे अफर 

काठमाडौं । ‘बहाव’ले घोषणा गरेको थाइल्यान्ड भ्रमण अफरको विजेता पाल्पाकी विद्या न्यौपाने भएकी छन् । यो चलचित्र गत चैत २४ गते रिलिज भएको थियो ।

राजधानीमा शुक्रबार एक कार्यक्रमबीच चलचित्रकी अभिनेत्री सुरक्षा पन्तले गोला प्रथाबाट विजेता छनोट गरेकी हुन् । विजेता न्यौपानेले भ्रमणमा दुईतर्फी हवाई भाडा र तीन तारे होटेलमा बसाइसहितको चार रात, पाँच दिनको टुर प्याकेज पुरस्कार स्वरुप पाएकी छन् ।

यसअघि निर्माण पक्षले ‘पुरस्कार जित्न योग्य हुन बहाव चलचित्रको टिकट खल्ती एपमार्फत काट्नुपर्ने र खल्ती एपबाट चलचित्रको टिकट काटेर चलचित्र हेर्ने एक जोडीले एमडी होलिडेजको तर्फबाट थाइल्यान्डको टुर प्याकेजको घोषणा गरेको थियो ।

श्रीधर पौडेलको निर्माणमा तयार भएको चलचित्रमा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ । चलचित्रमा सुरक्षा पन्त, कमलमणि नेपाललगायत कलाकारको अभिनय थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  ०९:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu