site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रेशमलाई आममाफी दिने निवेदन राष्ट्रपतिले फिर्ता पठाए
Ghorahi CementGhorahi Cement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले रेशम चौधरीलाई आम माफी दिनेगरी पठाएको निवेदन फिर्ता पठाएका छन् ।

सरकारका तर्फबाट गृहमन्त्रालयले टिकापुर घटनामा जिल्ला अदालत हुँदै उच्च र सर्वोच्च अदालतबाट जन्मकैद सजाय पाएका रेशम चौधरीलाई राजनीतिक मुद्दा भनेर गणतन्त्र दिवसका अवसरमा आममाफी दिनेगरी राष्ट्रपतिलाई पत्राचार गरेको थियो । उक्त पत्र फिर्ता गर्दै राष्ट्रपति पौडेलले प्रचलिन कानुन र स्थापित सिद्धान्त विरुद्ध नजान सुझाव दिएका छन् ।

Agni Group

“प्रचलित कानुन, यससम्बन्धमा अदालतबाट भएका फैसला र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त विपरित नहुनेगरी कानुनबमोजिम गर्नु,” भनिएको छ,” राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बाह्रखरीसँग भने ।

सरकारले सर्वोच्च अदालतबाट अन्तिम फैसला हुँदा जन्म कैद सदर भएलगत्तै रेशमलाई आम माफी दिने प्रस्तावसहितको पत्र राष्ट्रपति कार्यालय पठाएको थियो । उक्त पत्र राष्ट्रपतिले सुझावसहित फिर्ता पठाएका हुन् ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १६:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC