site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘गोर्खा वारियर’को वर्ल्ड प्रिमियरमा बेलायती राजपरिवारलाई निम्तो, आउलान् त नेपाली सिनेमा हेर्न ?
गोर्खा वारियर
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गोर्खा वारियर’को वर्ल्ड प्रिमियरमा निर्माण पक्षले बेलायती राजपरिवारलाई निम्तो दिने भएको छ । बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवर्ल्डमा हुने रेडकार्पेट प्रिमियरमा चलचित्रको निर्माण पक्षले बेलायती राजपरिवारका सदस्यलाई निम्तो दिन लागेको हो । 

“गोरखा वेलफेयर ट्रष्टको माध्यमबाट प्रिमियरमा रोयल फेमेलीका सदस्यलाई हामी निम्तो गर्दै छौँ । किङ चार्ल्सलाई पनि हामी इन्भाइट गर्दै छौं । उहाँ स्वयं कर्नल इन चिफ भएकाले गोरखा आर्मीको विषयमा बनेको चलचित्रमा चासो छ,” निर्देशक मिलन चाम्स भन्छन्, “एन्नी प्रिन्सेस रोयल पनि गोरखा रेजिमेन्टको एक महत्त्वपूर्ण पदमा रहेकाले उहाँको पनि यसमा चासो हुनु स्वाभाविक छ ।” 

बेलायती राजपरिवारसँग सम्बन्ध रहेका अन्य केही कम्पनीसँग पनि उहाँहरूलाई कसरी बोलाउने भन्नेबारे छलफल भइरहेको उनले बताए । 

तत्कालीन प्रिन्स ह्यारीसँग चलचित्रको मुख्य कलाकारको राम्रो सम्बन्ध रहेकाले उनलाई पनि बोलाउने तर उनी अमेरिकामा रहेकाले आउने सम्भावना भने न्यून रहेको उनको भनाइ छ । ह्यारी र चलचित्रका मुख्य कलाकार रितेश चाम्स हिमाल आरोहणका क्रममा सँगै ट्रेनिङमा रहेकाले त्यसयता उनीहरूबीच साथीको सम्बन्ध रहेको मिलन बताउँछन् ।  

‘गोर्खा वारियर’मार्फत विदेशमा नेपाली चलचित्रको बजार खोज्दै मिलन

आइम्याक्स सिनेवर्ल्ड बेलायती रोयल फेमेलीका सदस्यले सिनेमा हेर्ने थिएटर हो । “राजा आउँदा उहाँको आफ्नै सुरक्षा दस्ता त आउँछ नै त्यसबाहेक हामीले छुट्टै सुरक्षाको व्यवस्था पनि गर्नु पर्नेरहेछ,” मिलन भन्छन्, “यसमा पनि हामीले काम गरिरहेका छौँ । हेरौँ हामी कति सफल हुन्छौँ । राजा स्वयं नआए पनि रोयल फेमेलीका कोही न कोही सदस्य अवश्य आउनुहुनेछ ।” 

प्रिमियरमा जनरलहरू, काउन्सिलर, सांसदहरू आउने निश्चित भइसकेको उनले बताए । गोरखा शैनिकको विषय भएकाले यो चलचित्रमा धेरैको चासो रहेको मिलन बताउँछन् । 

“मेरो मुख्य उद्देश्य यो प्रिमियरलाई कुम्भ मेलाका रूपमा मनाउन सकियोस् भन्नेछ,” मिलन भन्छन्, “हलिउडका सिनेमा वितरकलाई नेपाली सिनेमा देखाउने मेरो चाह हो । हाम्रो सिनेमामा उनीहरूको नजर परोस् भन्ने मेरो उद्देश्य हो ।   

मिलन चाम्स निर्देशित ‘गोर्खा वारियर’को रेडकार्पेट प्रिमियर बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवर्ल्डमा सेप्टेम्बर १० प्रिमियर हुँदै छ । “२० वर्ष अगाडि मैले देखेको सपना अहिले पूरा हुँदै छ । १० वर्ष अगाडिको प्रयासमा म फेल भएको थिएँ । अहिले त्यो सपना पूरा हुँदै छ,” उनी भन्छन् । 

यो चलचित्र सन् १९४९ मा मलाया जंगलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाईंको कथा हो । चलचित्रमा रितेश चाम्स शीर्ष भूमिकामा छन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १२:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro