site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
क्रितिशको गोलमा एनआरटी विजयी, आभास निर्णायक बन्दा एपीएफले संकटालाई हरायो

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध न्युरोड टिम (एनआरटी) ले १–० को साँघुरो जित निकालेको छ ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एनआरटीलाई जित दिलाउन क्रितिशरत्न छुन्जुले निर्णायक गोल गरे । क्रितिशले खेलको ७९औँ मिनेटमा गरेको गोल एनआरटीको जितमा निर्णायक बनेको हो ।

Dabur Nepal
NIC Asia

आर्मीविरुद्धको जित निकालेसँगै २१ खेलबाट २६ अंक जोडेको एनआरटी तालिकाको छैटौं स्थानमा उक्लिएको छ । यता, समान खेलबाट २९ अंक जोडेको आर्मी तालिकाको पाँचौ स्थानमा यथावत् छ ।

लिगमा आजै भएको अर्को खेलमा सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले संकटा क्लबविरुद्ध २–१ को जित निकाल्यो ।

च्यासल रंगशालामा भएको खेलमा आभास लामिछानेले २५औँ मिनेटमा गरेको गोलबाट एपीएफले अग्रता बनाएको थियो । पहिलो हाफको इन्जुरी समयमा आभासले नै गोल गर्दै एपीएफको अग्रतालाई २–१ मा पुर्‍याएका थिए ।

खेलको ५०औँ मिनेटमा मनिष डांगीले गोल गरे पनि संकटाको हार टार्न भने सकेनन् ।

जितसँगै २१ खेलबाट २६ अंक जोडेको एपीएफ तालिकाको आठौँ स्थानमा उक्लिएको छ । समान खेलबाट २३ अंक जोडेको संकटा १२औँ स्थानमा छ । संकटा रेलिगेसन क्षेत्रमा रहेको एफसी खुमलटारभन्दा दुई अंकमात्र माथि छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १९:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro