site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन स्वीकृत

काठमाडौं । संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८० सदनको संयुक्त बैठकले स्वीकृत गरेको छ ।

बुधबार बसेको संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८० बहुमतले स्वीकृत भएको हो । 

समितिका सभापति ध्रुवबहादुर प्रधानले सदनसमक्ष प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदनमाथि संशोधनका लागि ७२ घण्टाको समय दिइएको छ ।

सभामुख देवराज घिमिरेले समितिको प्रतिवेदन स्वीकृत भएको जानकारी दिँदै भने, “संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु । संशोधनको सूचना ७२ घण्टाभित्र विधेयक शाखा प्रतिनिधिसभा सिंहदरबारमा दिन सक्नुहुनेछ ।”

संघीय संसद्को दुवै सदनको संयुक्त बैठक जेठ १४ गते आइतबार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १७:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro