
काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप-२०२३ मा कीर्गिस्तानले समूह चरणको अन्तिम खेल जित निकालेको छ ।
बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको समूह 'ए'को खेलमा कीर्गिस्तानले बाङ्लादेशविरुद्ध ३-० को सोझो सेटमा जित निकाल्यो । पहिको सेट २५-१६ ले जितेको कीर्गिस्तानले दोस्रो सेट २५-११ र अन्तिम सेट २५-२० ले जितेको थियो ।
प्रतियोगितामा पहिलो जित निकालेको कीर्गिस्तान यसअघि नेपाल र भारतसँग भने समान ३-० को सोझो सेटमा पराजित भएको थियो ।
यता, बाङ्लादेश भने प्रतियोगितामा जितविहीन बनेको छ । बाङ्लादेश यसअघि नेपाल र भारतसँग पनि ३-० को सोझो सेटमा पराजित भएको थियो ।
दुवै टोलीले अब वरीयताका लागि प्रतिस्पर्धा गर्नेछन् ।
आठ राष्ट्रले प्रतिस्पर्धा गरिरहेको प्रतियोगिताको समूह 'ए'मा नेपाल, कीर्गिस्तान, भारत र बाङ्लादेश छन् । यस्तै, समूह ‘बी'मा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजखस्तान छन् ।