राजनीति
काठमाडौं । जेठ १० गते (भोलि) संघीय संसद्को संयुक्त बैठक बस्ने भएको छ ।
प्रतिनिधिसभाका समामुख देवराज घिमिरेले अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्ने जानकारी गराएका हुन् ।
संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली संशोधन मस्यौदा समितिको प्रतिवेदन पेस गर्ने प्रयोजनका लागि संयुक्त बैठक बस्न लागेको हो ।
यस्तै, प्रतिनिधिसभाको बैठक भोलि बिहान ११ बजे बस्दै छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८० १७:५८
प्रतिक्रिया दिनुहोस्