राजनीति
पोखरा । अन्तरप्रदेश मुख्यमन्त्री बैठक स्थगित भएको छ । पोखरामा हुने भनिएको बैठक स्थगित भएको हो ।
गण्डकी प्रदेश सरकारको आयोजनामा प्रदेश सरकारबीच अनुभव आदानप्रदान गर्ने उद्देश्यले बैठक राखिएको थियो । उक्त बैठक तत्कालका लागि स्थगित भएको गण्डकीका मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
मुख्यमन्त्रीको सचिवालयनिकट स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै उक्त बैठक रोक्नका लागि निर्देशन दिएका हुन् ।
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८० १४:२१
प्रतिक्रिया दिनुहोस्