site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इन्टरनेट कम्पनीले मिलेमतोमा बढाउने अनुचित मूल्यलाई तत्काल रोकियोस् : सांसद पौडेल
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले इन्टरनेट सेवा प्रदायकले मूल्य बढाउन लागेको भन्दै त्यसलाई रोक्न माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले इन्टरनेट सेवामा गुणस्तर, गति, क्षमता केही नभएको पनि बताए ।

गुणस्तरीय सेवा उपलब्ध गराउने वातावरण बनाउन उनले सरकारको ध्यानाकर्षण गराए ।

“इन्टरनेटको उपलब्ध सेवामा गुणस्तरीयता, गति, क्षमता, निरन्तरता केही पनि छैन । सेवा अवरुद्ध हुँदा अवधिबराबरको सेवा प्रदान गर्ने वा अवरुद्ध अवधिको शुल्क नलाग्ने सर्त समेत पालना गरिएको छैन,” उनले भने, “इन्टरनेट सेवा प्रदायकहरूले रातारात मिलेर मूल्य बढाउन लागिरहेका छन् भन्ने सुन्नमा आएको छ । तसर्थ, इन्टरनेट कम्पनीहरूले मिलेमतोमा बढाउने अनुचित मूल्यलाई तत्काल रोक्न र उनीहरूलाई स्वस्थ प्रतिस्पर्धाबाट गुणस्तरीय सेवा उपलब्ध गराउने वातावरण निर्माण गर्न म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु । बजारलाई प्रतिस्पर्धाबाट विमुख गराउन पाइँदैन ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १५:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro