site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जनमत पार्टीले आफ्ना जनप्रतिनिधिबारे ‘जनमत संकलन’ गर्ने

काठमाडौं । जनमत पार्टीले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको काम सन्तोषजनक रहे/नरहेको बारे ‘जनमत संकलन’ गर्ने भएको छ ।

सो पार्टीले आइतबार एक सूचना प्रकाशित गरी आउँदो साउन ६ गते जनमत संकलन गर्न लागिएको जनाएको छ ।

Argakhachi Cement Island Ad

जनप्रतिनिधिको काम सन्तोजनक नरहे वा जनताको अपेक्षा प्रतिकूल भई नियन्त्रणबाहिर गएमा आवश्यक कारबाही गर्ने वा फिर्ता बोलाउने, जनताको पक्षमा काम गर्न अभिप्रेत गर्ने पार्टीको नीति रहेको सो सूचनामा जनाइएको छ ।

‘तपाईंको जनप्रतिनिधिले जनमत पार्टीको अवधारणाअन्तर्गत जनताका लागि काम गरेको छ कि छैन ?’ भन्ने प्रश्नमा मतदान हुने सूचनामा उल्लेख छ ।

भोटिङमा २०८० वैशाख ३० गतेसम्म सदस्यता लिएका सम्बन्धित वडा/पालिकाका जनमत पार्टीका सदस्यले भाग लिन पाउनेछन् । मतदानको व्यवस्था जनमत पार्टीबाट निर्वाचित भएका सम्बन्धित स्थानीय तहले नै मिलाउने जनाइएको छ । रासस

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १६:३४
प्रतिक्रिया दिनुहोस्