site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से ५.८८ अंकले बढ्यो, एक अर्ब ६० करोडको सेयर कारोबार
फाइल तस्बिर ।

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । यस दिन नेप्से परिसूचक ५.८८ अंकले वृद्धि भएको छ । एक अर्ब ६० करोड रुपैयाँको सेयर काराबोर भएको छ ।

कारोबारमा आएका २७३ धितोपत्रका ४८ लाख २८ हजार ७७६ कित्ता सेयर खरिद–बिक्री भएको छ । शिवम् सिमेन्टको सर्वाधिक मूल्यको सेयर खरिद–बिक्री भएको छ । यो कम्पनीको ६ करोड १७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

सर्वाधिक सेयर मूल्य वृद्धि हुनेमा राष्ट्रिय बिमा कम्पनी लिमिटेड छ । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएर १४ हजार १०७ रुपैयाँ ५० पैसा कायम भएको छ ।

यस्तै, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य एक हजार १२९ रुपैयाँ ३० पैसा कायम भएको छ ।

आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.५६ प्रतिशतले घटेको छ ।

कारोबारमा आएको १३ मध्ये चारवटाको परिसूचक घटेको छ । परिसूचक घट्नेमा फाइनान्स ०.१८ प्रतिशत, विकास बैंक ०.२२ प्रतिशत, हाइड्रोपावर ०.२८ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.६२ प्रततिशतले घटेको छ ।

परिसूचक सर्वाधिक वृद्धि हुनेमा निर्जीवन बिमा समूहे छ । यो समूहको परिसूचक २.८ प्रतिशतले वृद्धि भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १५:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro