site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कवि राजेश ढुंगानाको कविताकृतिमाथि परिचर्चा
Tiktok banner adTiktok banner ad

काठमाडौं । कवि राजेश ढुंगानाको कविताकृति ‘सुकिला मान्छेको सामूहिक मृत्यु’माथि परिचर्चा सम्पन्न भएको छ ।

शनिबार सर्वनाम नाट्य घरमा आयोजित कार्यक्रममा प्रा.डा. कुमारप्रसाद कोइरालाले कवितामाथि बोल्दै सुकिला मान्छे अरू कोही नभएर सत्तामा बसेकाहरू नै भएको बताए ।

डा. कोइरालाले भने, “वाक्यलाई काव्य बनाउनु चानचुने कुरा होइन । यस कृतिका कवितामा कविले आक्रोश र विद्रोह ओकलेका छन् ।”

प्रा.डा. सावित्री कक्षपतिले कृतिभित्रका ५५ वटा कवितामध्ये केही कविताहरू अत्यन्त सशक्त रहेको बताइन् । उनले भनिन्, “केही कविता यति सशक्त छन्,  हरेकलाई घोत्लिन बाध्य बनाउँछ ।”

दशकअघि लेखिएका कविताले आजको कथा बोलिरहेको उनको भनाइ थियो ।

साहित्यकार अशेष मल्लले राजेशको राजनीतिक र काव्यिक सक्रियताको चर्चा गर्दै उनीभित्रको आवेग र आक्रोशको बाछिटा उनका कवितामा भेटिने गरेको बताए ।

नेपाल स्रष्टा समाजद्वारा आयोजित परिचर्चा कार्यक्रममा कवि ढुंगानाले आफ्ना पाँच कविता वाचन गरेका थिए भने प्रमोद प्रधान, मीना ढुंगाना, श्रीओम रोदन र देविका तिमिल्सिनाले बोलेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  २०:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro