site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बजेट विश्वसनीय बनाउन अप्रिय कदम चाल्नुपर्छ : सांसद वाग्ले
फाइल तस्बिर।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले देशमा नीतिगत भ्रष्टाचार बढ्दै गएको बताएका छन् । 

शनिबार अर्थ समितिको बैठकमा बोल्दै उनले कागजपत्र, नियमावली संशोधन र सके संविधान नै संशोधन गरेर नीतिगत भ्रष्टाचार हुने गरेको बताए । अहिले गल्ती गर्नेहरुलाई समात्न पनि अफ्ठ्यारो हुनेगरी नीतिगत भ्रष्टाचार भइरहेको उल्लेख गरे । 

Dabur Nepal
NIC Asia

अर्थसम्बन्धित विषय अर्थ मन्त्रालयमा नै गएर टुंगिने भन्दै उनले नीतिगत भ्रष्टाचार रोक्न नयाँ सोच अघि सार्नुपर्ने बताए । उनले नीतिगत भ्रष्टाचारमाथि प्रहार गर्न आवश्यक रहेको बताए । 

बजेटको आकार विश्वसनीय बनाउन आवश्यक रहेको बताउँदै उनले बजेट विश्वसनीय बनाउन अप्रिय निर्णय लिन आवश्यक रहेको बताए । सांसद वाग्लेले लाइसेन्सिङ र पोलिसी करप्सनलाई प्रहार गर्न आवश्यक रहेको बताए । 

“लाइसेन्सिङ र पोलिसी करप्सनलाई यहाँले प्रहार गर्नुहोला । बजेटको आकार विश्वसनीय भएको छैन, यसमा अप्रिय निर्णय गरिदिनुहोला,” उनले भने, “समग्र बजेटको विश्वसनीयतामा कस्ता कस्ता अंकहरुको तोक्नुहुन्छ भन्नेकुराले तय गर्छ । अनुदान छ्याप्पै सुकेको छ । बजेट विश्वसनीय बनाउने हो भने अलिकति अप्रिय निर्मम कदम चालिदिनुहोला ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  १८:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro