site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
संकल्प
Sarbottam CementSarbottam Cement

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस भव्य रूपमा मनाउँदै थियो सरकार ।
एउटा गोष्ठीमा भ्रष्टाचारविरुद्धको अभियानमाथि प्रकाश पार्दै मन्त्रीज्यू भन्दै हुनुहुन्थ्यो—

“भ्रष्टाचार समाजको कलंक हो । एउटा महारोग हो । आर्थिक अपराध हो । सामाजिक र राजनीतिक प्रणालीलाई नै ध्वस्त पार्छ । म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ ।”

Prabhu Bank
Agni Group
NIC Asia

सुशासन र भ्रष्टाचारमुक्त समाज बनाउने दृढ संकल्पका साथ आफ्नो मन्तव्य समापन गरेर अगाडिको उच्च आसनमा आएर मन्त्रीज्यू बस्नुभयो ।

त्यहीँ अगाडि टेबुलमा दैनिक अखबारहरू लहरै राखिएका थिए । अखबारहरूमा ठूल्ठूला अक्षरमा आजसम्म भएका भ्रष्टाचारहरूको बारेमा खोज–अनुसन्धानमूलक लामो लेख छापिएको रहेछ ।

Global Ime bank

भ्रष्टाचार गरेर कुनकुन मन्त्री र नेताहरूले के कति, कसरी अकुत सम्पत्ति कमाए भन्ने बारेमा एउटा लामो नामको सूची र विवरणहरू रहेछ ।

मन्त्रीज्यूको छड्के आँखा त्यो लामो लिस्टमा सरर दौडियो । विस्तारै त्यो उज्यालो मुखमण्डल भयमिश्रित मलीन हुँदै गयो । बादल मडारिएझैँ अनुहार निलोकालो हुँदै गएको प्रस्ट देखिन्थ्यो ।

मन्त्रीज्यू आसनबाट जुरुक्क उठेर हतार भएको संकेत गर्दै अर्को भ्रष्टाचारविरुद्धको गोष्ठीमा सहभागी हुन दौडिनुभयो ।

(हेटौँडा)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  १३:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC