site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सुन्दर अटोले सार्वजनिक गर्‍यो विद्युतीय मोटरसाइकल, मूल्य दुई लाख ५० हजार
Sarbottam CementSarbottam Cement

काठमाडौं । सुन्दर अटो इन्जिनियरिङले विद्युतीय मोटरसाइकल गन्तव्य ईभी १००–एस सार्वजनिक गरेको छ । 

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच कम्पनीले विद्युतीय मोटरसाइकल सार्वजनिक गरेको हो ।

एक पटक पूरा चार्ज गर्दा १२० किलोमिटर माइलेज दिनसक्ने यो विद्युतीय मोटरसाइकलमा ५१.२ भोल्टको ब्याट्री रहेको कम्पनीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

१५ सय वाटको मोटर रहेको मोटरसाइकलमा ४८ भोल्टको कन्ट्रोलरह रहेको छ । बाइक चार्ज गर्न १० एम्पियरको अटोमेटी एसएमपीएस चार्जर रहेको छ ।

२४ किलोमिटर प्रतिघण्टादेखि ५५ किलोमिटर प्रतिघण्टासम्म स्पिड रहेको यो मोटरसाइकलको औसत माइलेज अथवा रेन्ज १०० किलोमिटर तोकिएको छ ।

Global Ime bank

मोटरसाइकलमा ड्रम ब्रेक प्रयोग गरिएको छ । १५० एमएम ग्राउण्ड क्लियरेन्स रहेको मोटरसाइकलमा रिजेनेरेटिभ ब्रेकिङ पनि रहेको छ ।

कम्पनीले मोटरसाइकलको मूल्य दुई लाख ५० हजार रुपैयाँ तोकिएको छ । आजबाट एक महिनाभित्र खरिद गर्ने ग्राहकले दुई लाख ४० हजार रुपैयाँमै बाइक प्राप्त गर्न सक्ने अफर रहेको कम्पनीले जनाएको छ । 

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सुन्दर अटो इन्जिनियरिङलाई बधाइ दिएका छन् ।

नेपालमा रहेको उर्जाको सदुपयोग र जिश्वास्म इन्धनको प्रयोग घटाउन नेपालमा विद्युतीय सवारी (ईभी) को आवश्यकता रहेको उनको भनाइ छ ।

ईभीलाई प्राथमिकता दिन सरकारको आगामी नीति तथा बजेमा पनि व्यापकल छलफल भइरहेको र यसलाई प्राथमिकतामा राखिएको उनले बताए ।

विद्युतीय मोटरसाइकल सार्वजनिक गर्दै सुन्दर यातायात एवं अटो इन्जिनियरिङका अध्यक्ष भेषबहादुर थापाले नेपालमा नै विद्युतीय सवारी उत्पादन गर्नेतर्फ यो पहिलो कदम भएको बताएका छन् ।

सुन्दर यातायातले काठमाडौं उपत्यका र उपत्यका बाहिरसमेत विद्युतीय बस सञ्चालनमा ल्याएको उनले स्मरण गराए । 

नेपाल विद्युतीय सवारीको विकास र विस्तारका लागि लामो समयदेखि काम गरिरहँदा आज विद्युतीय मोटरसाइकल उत्पादन गर्न कम्पनी सफल भएको उनले बताए । 

कम्पनीले सार्वजनिक गरेको विद्युतीय मोटरसाइकल गन्तव्य ईभी १००–एस दर्ता प्रक्रियामा गइसकेको बताउँदै उनले यसमा अझैं सुधार गर्दै जाने र उत्पादन बढाउँदै जाने बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १७:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय