site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्रम मन्त्रालयलाई वैदेशिक रोजगार मन्त्रालय बनाउनुपर्ने अवस्था देखियो : मन्त्री भण्डारी
फाइल तस्बिर।

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम, रोजगार मन्त्रालयलाई वैदेशिक रोजगार मन्त्रालय बनाउनुपर्ने आवश्यक्ता देखिएको बताएका छन् । 

बिहीबार काठमाडौंमा नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अन्तर्राष्ट्रिय छैटौँ नेपाल चेम्बर एक्स्पो २०२३ मा बोल्दै उनले श्रम मन्त्रालयमा आन्तरिक श्रम बजारका विषयमा प्राथमिकता नदेखिएको भन्दै वैदेशिक रोजगार मन्त्रालय बनाउनुपर्ने देखिएको बताए । मन्त्रालयको कार्यभार सम्हाले पनि श्रमका सम्बन्धमा केही नदेखेको उनले बताए । 

श्रम विभाग खिएर गएर माथि उठ्नसक्ने अवस्थामा नरहेको बताउँदै उनले पछिल्लो समय मान्छे बेचेर कारोबार भइरहेको भए पनि श्रम बजारमा सुधार नआएको गुनासो आएको जानकारी गराए । उनले मन्त्रालयमा वैदेशिक रोगजारबाहेकका विषयमा कुरा गर्दा स्वदेशी रोजगारको कुनै चर्चा नै नहुने गरेको उल्लेख गरे । 

श्रम रोजगारी निजी क्षेत्रसँग जोडिएको विषय भएको भन्दै उनले श्रम बजार व्यवस्थित, मर्यादित र सुरक्षित नभएसम्म उद्योगहरु अघि बढ्न नसक्ने बताए । सरकारले ७५३ वटै पालिकामा प्रधानमन्त्री रोजगारी कार्यक्रमअन्तर्गत रोजगार सेवा केन्द्र स्थापना गरेको उनको भनाइ छ । 

मन्त्री भण्डारीले रोजगारका सम्पूर्ण सम्भवनाहरुलाई एकीकृत गर्ने हिसाबले रोजगारीका सम्भवनाहरुलाई एकद्वार प्रणालीमा रोजगार सेवा केन्द्रमा पुर्‍याउने उद्देश्य रहेको रहेको पनि बताए । सरकारले तालिम प्राप्त जनशक्तिहरुलाई रोजगारदाताहरुसँग जोड्ने प्रयास गरिरहेको उनको भनाइ छ । 

मन्त्री भण्डारीले अब सरकार र निजी क्षेत्र दुवैले कुराभन्दा पनि काम गर्न आवश्यक रहेको बताए । नेपालमा गर्न सक्ने सम्भवनाको विषय धेरै भए पनि प्रयोग गर्न नसकिएको भन्दै उनले सरकार निजी क्षेत्रसँग रोजगारीको विषयमा सहकार्य गरेर जान तयार रहेको धारणा राखे । सरकारले व्यवसाय र कारोबार गर्ने नभएर व्यवसाय गर्नेहरुको लागि वातावरण तयार गरिदिनुपर्ने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १६:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro