site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
विज्ञापन संघ र सञ्चार मन्त्रालयबीच सहमति, सामाजिक सञ्जालमा हुने विज्ञापनको नियमन गरिने
Sarbottam CementSarbottam Cement

काठमाडौं । डिजिटल सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा हुने विज्ञापनलाई नियमन गर्न  आवश्यक कानुनी व्यवस्था गर्न नेपाल विज्ञापन संघ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबीच सहमति भएको छ ।

आज मन्त्रालयमा संघका पदाधिकारी र मन्त्रालयका सहसचिवबीच सम्झौता भएको हो । विभिन्न माग राख्दै आएको संघले मन्त्रालयसँग सात बुँदे सहमति गरेको छ ।

उक्त सहमति पत्रमा मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदी र उपसचिव टेकबहादुर महतले हस्ताक्षर गरेका छन् भने संघको तर्फबाट प्रतिनिधि सुदीप थापा, कृष्णप्रसाद घिमिरे, कृष्ण मुरारी लामिछाने, रविन्द्रकुमार रिजाल शशी र विज्ञापन बोर्डका सदस्य बलराम थापाको हस्ताक्षर गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

संघले वैशाख २७ गतेदेखि नेपाल सरकारद्वारा विज्ञापन नियमन गर्ने ऐन २०७६ मा भएको एकद्वार र समानुपातिक विज्ञापनका सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गरी विज्ञापन नियमावली २०७७ संशोधन गरी विज्ञापन बोर्डमार्फत एकद्वार गर्ने प्रक्रियाको विरुद्धमा विभिन्न कार्यक्रममार्फत विरोध गर्दै आएको थियो ।

यस्ता छन् सहमतिका बुँदा
१. विज्ञापनदाता एवं विज्ञापन एजेन्सीहरूले सरकारी विज्ञापन प्रकाशन प्रसारणको जानकारी बोर्डलाई दिने तथा त्यस्तो विज्ञापनको भुक्तानी कानुनबमोजिम बोर्डमार्फत हुने व्यवस्था गर्ने एजेन्सीले सम्बन्धित विज्ञापनदातालाई कर बिजक जारी गर्ने उक्त व्यवस्था कार्यान्वयनमा समस्या उत्पन्न भए समयानुकुल संशोधन गर्ने

Global Ime bank

२. विज्ञापन बोर्डमा  नेपाल विज्ञापन संघको संस्थागत प्रतिनिधित्वको लागि आवश्यक व्यवस्था मिलाउन मन्त्रालयलाई सिफारिस गर्ने

३. विज्ञापन एजेन्सीले सञ्चार माध्यमले निर्धारण गरेको दररेटमा कारोबार गरी सेवा शुल्क प्राप्त गर्नु पर्ने निर्धारित दररेटमा कारोबार गरे नगरेको सम्वन्धमा बोर्डले अनुगमन तथा नियमन गर्ने साथै बोर्डले विज्ञापन प्रयोजनको लागि सञ्चार माध्यमको स्तरीकरण गर्ने गराउने

४. स्वास्थ्य शिक्षा श्रम रोजगार कृषि वन पर्यटन बिमा जस्ता प्रत्यक्ष सरोकार राख्ने विषयको जनचेतनामूलक सामग्री प्रकाशन गर्न तथा विज्ञापन बजारको विकास र विस्तारका लागि विज्ञापनको राष्ट्रिय नितिमार्फत आवश्यक व्यवस्था मिलाउने  र राष्ट्रिय नितिलाई यथाशिघ्र निस्कर्षमा पु¥याई  सोबमोजिम ऐन नियमावलीमा समयानुकूल परिवर्तन गर्दै जाने ।

५.  विज्ञापन व्यवसायको  अनुगमन प्रक्रियामा विज्ञापन व्यावसायिक संघ संस्थाको संलग्नताका लागि आवश्यक पहल गर्ने ।

६. बाह्य विज्ञापनका क्षेत्रमा देखिएका ठेक्का कर लगायतका समस्या समाधानको लागि विज्ञापन (नियमन गर्ने ) नियमावली तथा मापदण्डमा व्यवस्था गर्नुको साथै स्थानीय तहसँग समन्वय तथा सहजीकरण गर्ने ।

७. डिजिटल सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा हुने विज्ञापनलाई नियमन गर्न  आवश्यक कानुनी व्यवस्था गर्न मन्त्रालयलाई सिफारिस गर्ने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १८:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय