site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
नेपाली चलचित्र ‘ऐरी’मा ‘जवान’ अभिनेता सांगे अनुबन्धित 

काठमाडाैं । भुटानका चर्चित कलाकार सांगे सेल्ट्रिमले नेपाली चलचित्रमा अभिनय गर्ने भएका छन् । नेपाली चलचित्र ‘ऐरी’मा उनले काम गर्ने भएका हुन् । सांगे र चलचित्र ‘ऐरी’का निर्देशक जीवन थापाबीच बुधबार लिखित सम्झौता भएको छ । 

उनले नेपाली सिनेमामा काम गर्न पाउँदा आफू निकै उत्साहित भएको बताएका छन् । उनले भने, “मैले यो फिल्ममा काम गर्नुको मुख्य कारण यसको कथावस्तु हो । यसको कथावस्तु ऐतिहासिक छ । मलाई योद्धाको कथामा काम गर्न मन थियो । यसैले, यो फिल्मबाट मेरो सपना पूरा हुँदै छ ।” 

Dabur Nepal
NIC Asia

नायक प्रदीप खड्काको मुख्य भूमिका रहने चलचित्रको अहिले प्रि–प्रोडक्सनको काम भइरहेको छ । यो चलचित्र नेपाली र हिन्दीका साथै दक्षिण भारतीय भाषामा पनि डब गरिनेछ । ‘ऐरी’मा सुवास काले, प्रशान्तकुमार गुप्ता र राजन कुँवरको संयुक्त निर्माण रहनेछ ।

चलचित्रको छायांकन केही महिनापछि सुरु हुनेछ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro