site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साढे २३ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बुधबार २३.३९ अंकले वृद्धि भएको छ । मंगलबार झिनो अंकले बढेको नेप्से आज १.२८ प्रतिशतले बढेर १८४५.०१ विन्दुमा रोकिएको हो । त्यसअघिका दिनहरूमा नेप्से लगातार चार कारोबार दिन घटेको थियो ।  

आज नेप्से परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । आज ८५ करोड ७५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार ६४ करोड रुपैयाँमा सेयर कारोबार भएको थियो ।

आज २६६ धितोपत्रको २५ लाख ७७ हजार २१० कित्ता खरिदबिक्री भयो । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, इस्टर्न हाइड्रोपावर लिमिटेड र ग्रिनलाइफ हाइड्रोपावरको सेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

माइखोला हाइड्रोपावर लिमिटेडको सेयरमूल्य ७.९३ प्रतिशतले घटेको छ भने युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ५.३६ प्रतिशतले घटेको छ । शिवम् सिमेन्टको सर्वाधिक मूल्यको सेयर खरिदबिक्री भएको छ । यस कम्पनीको पाँच करोड ७४ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको हो ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि वृद्धि हुनेमा ‘अन्य’ समूह रहेको छ । यस समूहको परिसूचक २.३७ अंकले बढेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १५:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro