site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भरुवा बन्दुकसहित चारजना समातिए
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । भरुवा बन्दुकसहित विभिन्न स्थानबाट चारजना पक्राउ परेका छन् ।

सल्यानको कालिमाटी गाउँपालिका–६, सिरेनीका ५५ वर्षीय प्रेमबहादुर घर्तीलाई भरुवा बन्दुक एकथान र बारुद भर्ने रड एकथानसहित मंगलबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ ।

घर्तीले घरनजिकैको जंगलमा भरुवा बन्दुक लुकाइराखेको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो ।

यस्तै, महोत्तरीको बर्दिबास नगरपालिका–११ स्थित वनपथ राष्ट्रिय वनबाट भरुवा बन्दुक दुईथानसहित तीनजना पक्राउ परेको प्रहरीले जनाएको छ ।

सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ मा बस्दै आएका ३५ वर्षीय लालबहादुर भ्लोनसहित तीनजनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । उनीहरूले जंगली जनावरको सिकार गरिरहेको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १३:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro