site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको एक वर्ष : अन्तर्राष्ट्रिय उडान छैन, के छ तयारी ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गरिएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको एक वर्ष पूरा भएको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुरले ०७९ जेठ २ गते बुद्धजयन्तीको अवसर पारेर विमानस्थलको उद्घाटन गरेका थिए ।

उद्घाटनको दिन नेपाल वायुसेवा निगमको ‘न्यारोबडी’ र कुवेतको जजिरा एयरको विमान त्यहाँ अवतरण गरिएको थियो । तर, सञ्चालनमा आएको वर्ष दिन पूरा हुँदा अहिले यो विमानस्थल अन्तर्राष्ट्रिय उडानविहीन बनेको छ ।

यो विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ जजिराले उडान गर्दै आएको थियो । तर, जजिराले उडान बन्द गर्‍यो । त्योसँगै अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानविहीन बनेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

जजिराले सुरुमा सातामा तीन उडान गरेको थियो । त्यसको केही समयपछि पहिलोपटक तीन महिना उडान बन्द गर्‍यो । पुनः सुरु गरेर जजिराले पछिल्लोपटक गएको अप्रिल १९ देखि कुवेत–भैरहवा–कुवेत उडान बन्द गरेको छ । फागुन २५ देखि पुनः उडान थालेको जजिराले वैशाख ६ देखि उडान पुनः बन्द गरेको हो ।

जजिराले ‘कर्मसियल’ कारण उडान बन्द गरेको सूचना पठाएको विमानस्थलका प्रवक्ता विनोदसिंह रावलले बताए । त्यतिखेर कम्पनीले यही मे ८ देखि नियमित उडान गर्ने जनाएको थियो । तर, अहिलेसम्म त्यसबारेमा कुनै औपचारिक जानकारी नदिएको उनले बताए ।

Global Ime bank

पहिलोपटक यसकारण बन्द
मौसमको कारण देखाउँदै त्यहाँ जजिराले पहिलोपटक गएको पुस ६ देखि फागुन २५ गतेसम्म उडान बन्द गरेको थियो । हिउँदको समयमा हुस्सु लागेको र जहाजलाई अवतरण गराउँदा सटीक मानिने उपकरणमा आधारित अत्याधुनिक प्रणाली इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) जडान गरिए पनि सञ्चालन नहुँदा समस्या हुने भन्दै उडान रोकेको थियो ।

आईएलएस जडान गरिए पनि सञ्चालनमा भारतको पनि सहमति आवश्यक छ । आईएलएस गर्दा केही ‘एयर स्पेस’ भारतमा पर्ने भएकाले भारतको समेत सहमति लिनुपर्ने हुन्छ । त्यसका लागि पहल भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए ।

यो प्रणाली लागु भएपछि ८०० भिजिबिलिटीमा पनि जहाज अवतरण गर्न सकिन्छ । आईएलएस प्रणाली नहुँदा जहाज अवतरण गर्नका लागि १,८०० देखि २,२०० भिजिबिलिटी आवश्यक पर्ने उनी बताउँछन् ।

नियमित उडान–अवतरण किन हुन सकेन ?
उक्त विमानस्थलको प्रचारप्रसार गर्न नसकिएको अग्रज पर्यटन व्यवसायी एवं नवलपरासीमा होटेल सञ्चालन गर्दै आएका वसन्त मिश्र बताउँछन् । भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पर्यटन उद्योगका लागि ‘नयाँ हब’ भएको उनले बताए । यसका लागि राम्रोसँग ‘मार्केटिङ’ गर्नुपर्नेमा उनले जोड दिए ।

“अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने विमानस्थल सञ्चालन भएपछि ‘मार्केटिङ’ पनि सुरु हुन्छ । यहाँ हामीले मार्केटिङ नै गरेका छैनौँ । आउन मन लागेको पर्यटक आउँछन् । नत्र केही छैन,” उनले बाह्रखरीसित भने ।

उनले अगाडि भने, “हामीले गौतमबुद्ध विमानस्थललाई हेरेर भैरहवा र लुम्बिनीलगायत त्यस क्षेत्रमा ठूलो लगानीमा होटेलहरू सञ्चालनमा आएका छन् । पर्यटन व्यवसायीहरूले ठूलो लगानी गरेका छौँ । यसको भविष्य उज्जवल छ ।”

भैरहवा विमानस्थललाई चलायमान बनाउका लागि अन्तर्राष्ट्रिय विमान कम्पनीहरूसँग छलफल गर्नुपर्नेमा उनले जोड दिए । विमानस्थल सञ्चालन र पर्यटन प्रवर्द्धनका लागि प्राइभेट–पब्लिक पाटर्नरसिप (पीपीपी) मोडलमा काम गर्नुपर्ने उनको भनाइ छ । त्यसका लागि पर्यटन व्यवसायी तयार रहेको उनले बताए ।

मन्त्रालय भन्छ– सरोकारवालासँग निरन्तर छलफल भइरहेको छ
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडानका लागि सरोकारवाला निकायसँग निरन्तर छलफल भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले बताए ।

गौतमबुद्ध विमानस्थलमा ‘ल्यान्ड’ गर्नका लागि रुट सिमराको आकाश हो । उनका अनुसार सिमराको आकाशबाट यो विमानस्थल पुग्न २० देखि २४ मिनेट लाग्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा यो पाँचदेखि सात मिनेटको फरक हो ।

आईएलएसका लागि पनि पहल भइरहेको र छिट्टै सञ्चालनमा आउने उनले जिकिर गरे ।

“कुवेत, थाइल्यान्ड, मलेसिया, भियतनाम, श्रीलंकालगायत देशसँग उडानको विषयमा छलफल भइरहेको छ । नेपाल एयरलाइन्सले उडान गर्ने तयारी गरिरहेको छ,” अधिकारीले भने, “एयर रुट सञ्चालन र इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम सञ्चालनको लागि प्राविधिक टोलीसँग छलफल भइरहेको छ । अध्यक्ष र प्राविधिक टोलीको सहभागितामा हप्ता दिनमै यस विषयमा छलफल हुँदै छ ।”

नेपाल एयरलाइन्सले यही मे २९ देखि भैरहवा–दिल्ली अन्तर्राष्ट्रिय उडान गर्ने तयारी गरेको छ । भारतसँग अनुमति लिएपछि त्यो उडान सुरु हुने प्राधिकरणका सहप्रवक्ता भुलले बताए ।

काठमाडौं–मलेसिया उडान गर्ने र त्यसपछि उक्त जहाज मलेसियाबाट भैरहवामा अवतरण तथा भैरहवाबाट दिल्ली गएर काठमाडौंमा ल्यान्ड गर्ने तयारी भइरहेको भुलले बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १५:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय