site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सरकार भ्रष्टाचारविरुद्ध गम्भीर रूपमा लागेको छ : प्रधानमन्त्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार भ्रष्टाचारविरुद्ध गम्भीर रूपमा लागेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अनियमितता र भ्रष्टाचार नियन्त्रण नभई सुशासन प्रवर्द्धन नहुने पनि बताए ।

भ्रष्टाचारीलाई कारबाही गर्ने दिशामा सरकारले चालेको कदमप्रति आमजनताले समर्थन र ऐक्यबद्धता जनाएको भन्दै उनले दोषीलाई कुनै पनि बहानामा बचाउने काम नहुने स्पष्ट पारे ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री प्रचण्डले तरलता र ब्याजदरलगायत कतिपय परिसूचकमा समेत सुधार आएको उल्लेख गरे । अर्थतन्त्रका अरू क्षेत्रका समस्या समाधान गर्दै दिगो आर्थिक विकास र समृद्धि हासिल गर्नेतर्फ केन्द्रित हुन जरुरी रहेको उनले बताए ।

सरकारले अर्थतन्त्रलाई संकटतर्फ जानबाट रोक्न चालेका कदमका कारण अहिले शोधनान्तरमा उल्लेख्य सुधार आएको र विदेशी मुद्राको सञ्चिति पनि बढेको उनको भनाइ छ ।

Global Ime bank

अल्पविकसित मुलुकबाट विकसित मुलुकमा स्तरोन्नति हुने, दिगो विकासका लक्ष्य पूरा गर्नेलगायत विकास र समृद्धिको लक्ष्य हासिल गर्न राज्यका सबै अंग, निजी क्षेत्र र सरोकारवालाले समन्वयात्मक पहल गर्नुपर्नेमा उनले जोड दिए ।

आफ्नो नेतृत्वमा सरकार बनेपछि अर्थतन्त्रमा देखापरेका चुनौती सामना गर्न केही महत्त्वपूर्ण कदम चालिएको, सार्वजनिक सेवा प्रवाह हुने ठाउँमा लामो लाइन बस्नुपर्ने र बिचौलियाबाट ठगिनुपर्ने अवस्थामा सुधार भएको तथा किसानले सहज रूपमा पाउने गरी मलको आपूर्ति सुनिश्चित हुन लागेको उनले बताए ।

सीमित व्यक्ति एवं समूहले बैंकिङ क्षेत्रको ठूलो स्रोत–साधनको उपयोग गर्ने, उपलब्ध स्रोत–साधन प्रत्यक्ष/अप्रत्यक्ष रूपमा अनुत्पादक वा कम उत्पादक क्षेत्रमा केन्द्रित हुने गरेको पनि उनले बताए । सोही कारण अर्थतन्त्रमा समस्या देखिएकाले यस्तो प्रवृत्तिलाई रोक्न केन्द्रीय बैंक तथा बैंकिङ क्षेत्रले समयमै उचित कदम चाल्न आवश्यक रहेको उनले औँल्याए ।

नेपाल राष्ट्र बैंकले हालै मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत उद्योगी–व्यवसायीलाई केही राहत दिने व्यवस्था गरेको उनले स्मरण गरे । त्यसले आउँदा दिनमा लगानी र आर्थिक क्रियाकलाप बढाउन मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय