site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आर्सनल कमजोर बन्दा सिटी ‘ट्रेबल’ उपाधितर्फ
Tiktok banner adTiktok banner ad

काठमाडौं । आर्सनलको इङ्लिस प्रिमियर लिग उपाधि जित्ने सपनामा आइतबार राति गम्भीर धक्का लागेको छ । आर्सनल घरेलु मैदानमै ब्राइटनसँग ३–० ले पराजित भएपछि उपाधि जित्ने सम्भावना कमजोर बनेको हो । 

गएराति चाडो गरी सम्पन्न खेलमा साविक विजेता म्यानचेस्टर सिटीले एभर्टनलाई ३–० ले हराउँदै शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको थियो । त्यसकारण उपाधि सम्भावना कायम राख्न आर्सनललाई ब्राइटनविरुद्ध जित्नै पर्ने थियो । तर, हारसँगै २००३/०४ पछि उपाधि जित्ने आर्सनलको अभियानमा धक्का लागेको छ । 

हारपछि आर्सनलको ३६ खेलबाट ८१ अंक भएको छ । जुन सिटीकोभन्दा चार अंकले पछाडि हो । लिगमा आर्सनलले अब ६ अंकको खेलमात्र खेल्न बाँकी छ । सिटीले अझै एक खेल कम खेलेको छ । जारी सिजन ‘ट्रेबल’ उपाधि उचाल्ने सम्भावना कायम राखेको सिटीले ३५ खेलबाट ८५ अंक जोडेको छ । तथापि, आर्सनलको गणितीय सम्भावना भने कायमै छ । 

“हामीले यथार्थ धरातल हेर्नुपर्छ । त्यसकारण अब इमानदार भएरभन्दा हाम्रो उपाधि सम्भावना कठिन देखिन्छ । मलाई लाग्दैन कि सिटीले अब धेरै गल्ती गर्नेछ,’’ आर्सनलका कप्तान मार्टिन ओडेगार्डले भने, “अहिलेको लागि राम्रो अनुभूति छैन । हामीले जसरी खेल्यौं, विशेष गरी दोस्रो हाफमा । इमानदारपूर्वक भन्दा, के भयो थाहा छैन । अब कुनै आशा छैन जस्तो लाग्छ ।’’

आर्सनलले पछिल्लो सातमध्ये दुई खेलमा मात्र जित हासिल गर्न सकेको छ । बाँकी तीन खेल बराबरी खेलेको आर्सनल दुई खेलमा पराजित भएको छ । यसै नतिजाका कारण आर्सनलको उपाधि होड कमजोर बनेको हो । 

जितसँगै ब्राइटनले शीर्ष चारको सम्भावना कायम राखेको छ । ब्राइटनले ३४ खेलबाट ५८ अंक जोडेको छ । जुन पाँचौँ स्थानको लिभरपुलभन्दा चार तथा तेस्रो स्थानको न्युक्यासल युनाइटेड र चौथो स्थानको म्यानचेस्टर युनाइटेडभन्दा आठ अंकले पछाडि हो । तर, ब्राइटनले अझै एक खेल कम खेलेको छ । 

आर्सनलको इमिरेट्स रंगशालामा ब्राइटनले ५१औँ मिनेटमा जुलियो इनसिसोको गोलबाट अग्रता लिएको थियो । ८६औँ मिनेटमा डेनिज उनडेबले अग्रता दोब्बर बनाए । इन्जुरी समयमा पर्भिस इस्टुपिनानले अर्को गोल थपेपछि ब्राइटनले तीन अंक पक्का गरेको थियो । 

सिटीलाई ट्रेबल उपाधि सम्भावना 

गत मंगलबार राति च्याम्पियन्स लिगमा रियाल मड्रिडसँग १–१ को बराबरी खेलेको सिटीले गएराति एभर्टन भ्रमणमा ३–० को विजय हासिल गरेको छ । सिटीले अवे खेलमा सहज नतिजा निकाल्दा आर्सनल घरेलु मैदानमै पराजित भएपछि सिटीको उपाधि सम्भावना बलियो बनेको हो । 

गएराति गुडिसन पार्कमा सिटीका कप्तान इल्के गुन्डोगनले दुई गोल गर्नुका साथै अर्को गोलमा अवसर सिर्जना गरिदिएका थिए । गुन्डोगनको गोलबाट सिटीले ३७औँ मिनेटमा अग्रता लिएको थियो । ३९औँ मिनेटमा गुन्डोगनकै पासमा इर्लिङ ब्राउट हालान्डले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । ५१औँ मिनेटमा गुन्डोगनले फ्रीकिकमा गोल गर्दै सिटीको तीन अंक पक्का गरेका थिए । 

यससँगै सिटीले लिग उपाधि लगभग पक्का जस्तै भएको छ । सिटीले अब बाँकी तीन खेल नहारे उपाधि पक्का गर्नेछ । सिटी यूईएफए च्याम्पियन्स लिगको पनि सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ । सिटीले पहिले लेगका लागि रियाल मड्रिडको भ्रमण गर्दा १–१ को नतिजाका निकालेको छ । सिटीले अब बुधबार राति रियाललाई घरेलु मैदानमा आथित्यता प्रदान गर्नेछ । 

त्यस्तै सिटी एफए कपको फाइनलमा स्थान बनाउन सफल भएको छ । सिटीले फाइनलमा सहरी प्रतिद्वन्द्वी युनाइटेडविरुद्ध प्रतिस्पर्धा गर्नेछ । त्यसकारण सिटीको जारी सिजन तीन उपाधि जित्ने सम्भावना बलियो बनेको छ । 

प्रिमियर लिगमा गएराति सम्पन्न अर्को खेलमा ब्रेन्टफोर्डले वेष्ट ह्याम युनाइटेडलाई २–० ले हरायो । जितसँगै ब्रेन्टफोर्डले ३६ खेलबाट ५३ अंक जोडेर नवौँ स्थानमा छ । वेष्ट ह्याम भने ३७ अंकका साथ १५औँ स्थानमा छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  ०८:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro