site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पक्राउ नपरे पनि २० दिनपछि सांसद पदबाट स्वतः निलम्बन हुन्छन् टोपबहादुर रायमाझी
फाइल तस्बिर।

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार आरोपित पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी अबको २० दिनमा पक्राउ नपरे पनि सांसद पदबाट स्वतः निलम्बित हुनेछन् । 

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेशी मुलुक पठाउन संलग्न रहेको आरोपमा रायमाझिविरुद्ध काठमाडौं जिल्ला अदालतबाट वैशाख १२ गते पक्राउ पुर्जी जारी भएको थियो । उनी हालसम्म पक्राउ परेका छैनन् ।

सरकारी वकिल कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा १० दिनभित्र मुद्दा चलाउने तयारी गरेको छ । उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को ठगीसम्बन्धी कसुर र संगठित अपराध निवारण ऐन, २०७० बमजिमको कसुरमा मुद्दा चलाइनेछ ।

संगठित अपराध निवारण ऐन, २०७० को दफा ५२ अनुसार संगठित अपराध गर्ने संवैधानिक निकायका पदाधिकारी पक्राउ पुर्जी जारी भएको ३० दिनभित्र पक्राउ नपरेमा वा अदालतमा उपस्थित नभएमा ३१ दिनमा त्यस्ता पदाधिकारीको पदबाट स्वतः निलम्बन हुने व्यवस्था रहेको छ ।

No description available.

उक्त ऐनबमोजिमको संवैधानिक निकायका पदाधिकारीले सांसदसमेतलाई जनाउने राष्ट्रियसभाका सदस्य राधेश्याम अधिकारीले बाह्रखरीसँग बताए । उनले भने, “संसद् पनि संवैधानिक निकाय भएकाले संवैधानिक पदाधिकारी भन्नाले सांसद समेत समेटिन्छन् ।”

वैशाख २० गते पक्राउ पुर्जी जारी भएका रायमाझी जेठ २० सम्म पक्राउ नपरे स्वतः सांसद पदबाट निलम्बन हुन्छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १७:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro