site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
लाइसेन्स नभएकालाई बचाउन खोज्दा प्रहरी नियन्त्रणमा
फाइल तस्बिर ।

चौतारा । सवारी दुर्घटनापछि बेपत्ता भएका चालकलाई बचाउन खोज्ने अर्का व्यक्ति आफै प्रहरी हिरासतमा पुगेका छन् ।

दुर्घटना भएको बखत आफैँले मिनीट्रक चलाएको हो भन्दै  सवारीचालक अनुमतिपत्र नभएका नक्कली चालकलाई बचाउन प्रहरीसामु उपस्थित भएका सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–६ पीपलडाँडाका ३० वर्षीय ईश्वर बस्नेतलाई प्रहरीले पक्राउ गरी प्रमाण दबाउन नहुनेसम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको हो ।

यही वैशाख २५ गते राति २ बजे हेलम्बु गाउँपालिका वडा नं–२ स्थित ढोडेनीमा छ्वाली अनलोड गर्ने क्रममा मिनीट्रकले ठक्कर दिँदा ३० वर्षीया पेमा तामाङको घटनास्थलमै मृत्यु भएपछि चालक फरार भएका थिए । 

आफूसँग लाइसेन्स नभएका कारण फरार भएका हेलम्बु–२ का ४२ वर्षीय चालक छेनाम तामाङलाई बचाउन लाइसेन्स प्राप्त निज बस्नेतले दुर्घटना भएको बेला चालक आफू रहेको भनी मेलम्ची इलाका प्रहरी कार्यालयमा उपस्थित भएर आत्मसमर्पण गरेका थिए ।

उनको बयानमा शंका लागेकाले अनुसन्धान गर्दा बस्नेतले घटना भएको बेलामा गाडी नचलाएको तर तामाङले नै चलाएको  खुलेपछि उनलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटना भएको बेलाका चालक तामाङसँग सवारीसाधन चालक अनुमतिपत्र नभएकाले उनलाई बचाउन लाइसेन्स प्राप्त चालक बस्नेतले आत्मसमर्पण गर्न आएको प्रहरी उपरीक्षक बाल नरसिं राणाले जानकारी दिए । 

उनका अनुसार सक्कली र नक्कली दुवै चालकलाई पक्राउ गरी प्रमाण दबाउन नहुनेसम्बन्धी कसुरमा सात दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ । रासस

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १३:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro