राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब नेपाली जनताले भ्रष्टाचार नसहने बताएका छन् । नागरिक अगुवाहरूले भ्रष्टाचारविरुद्ध आज माइतिघर मण्डलामा गरेको प्रदर्शनमा पुगेर उनले यस्तो बताएका हुन् ।
यसअघिका सबै भ्रष्टाचारको अनुसन्धान हुनुपर्नेमा लामिछानेको जोड थियो । नागरिक अगुवाहरूले गरेको प्रदर्शनमा उनले ऐकवद्धता पनि जनाएका छन् ।
नागरिक अगुवाहरूले आज माइतीघर मण्डलामा भ्रष्टाचारीलाई तत्काल कानुनी दायरामा ल्याइ कारबाही गर्न माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।
प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८० १४:०९
प्रतिक्रिया दिनुहोस्