site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साताको अन्तिम दिन : दिनभरि उतारचढाव, अन्तिम ३ मिनेट खरिदकर्ताको चाप

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ३.३४ अंकले घटेर बन्द भएको छ । बजार खुलेको ६ मिनेटसम्म उकालो लागेको नेप्से त्यसपछिका कारोबारमा घटेको थियो । बजार खुलेको ६ मिनेटमा १८४३.३५ विन्दुसम्म पुगेको नेप्से परिसूचक आजका लागि उच्च विन्दु हुन पुग्यो ।

त्यसपछिको अवधिमा नेप्से घटेर १८३१ विन्दुसम्म झरेको थियो । तर, अन्तिम तिन मिनेटमा नेप्से परिसूचक ६ अंकले वृद्धि भएर १८३८.५९ विन्दुमा रोकिएको छ । तर, गत कारोबार दिनको तुलनामा नेप्से ०.१८ प्रतिशतले घटेको हो ।

आज २५९ धितोपत्रको २१ लाख पाँचहजार ६५७ कित्ता ५७ करोड ८८ लाख रुपैयाँमा खरिदबिक्री भएको छ । सर्वाधिक रकमको धितोपत्र खरिदबिक्री नेपाल टेलिकमको भएको छ । यो कम्पनीको तीन करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सर्वाधिक सेयर मूल्यवृद्धि आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको भएको छ । यो कम्पनीको सेयर मूल्य ६.१० प्रतिशतले वृद्धि भएको छ । आज कारोबारमा आएका १३ समूहमध्ये बैंकिङ समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । बैंकिङ समूहको परिसूचक ०.०५ प्रतिशतले परिसूचक वृद्धि भएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १५:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro