site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस पदाधिकारी बैठक जारी
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको पूर्वपदाधिकारीसहित पदाधिकारी बैठक जारी छ । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बैठक बसिरहेको हो । 

बैठकमा नक्कली शरणार्थी प्रकरणलगायत विषयमा छलफल भइरहेको बताइएको छ । आजको बैठकले उक्त प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको विषयमा पनि निर्णय गर्ने बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि, बुधबार बसेको पदाधिकारी बैठकले आजका लागि पूर्वपदाधिकारीसहितको पदाधिकारी बैठक बोलाएको हो । हिजोको बैठकमा पूर्वपदाधिकारीमा प्रकाशमान सिंह मात्र सहभागी थिए । 

बुधबारको बैठकमा दुई महामन्त्रीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्न प्रस्ताव गरेका थिए । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई निलम्बन गरेर अनुसन्धानमा सहयोग गर्न प्रस्ताव गरेका हुन् ।

Global Ime bank

नक्कली भुटानी शरणार्थी  प्रकरणमा पार्टीले अनुसन्धानमा सहयोग गर्न उनलाई निलम्बन गर्नुपर्ने महामन्त्री थापा र शर्माको तर्क थियो । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय