site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
आई/ओ २०२३ : लेखेकै भरमा फोटो र गीत तयार पार्नेदेखि यस्ता छन् गुगलका नयाँ एआई टुल
Sarbottam CementSarbottam Cement

काठमाडौं । डेभलपर्स सम्मेलन गुगल आई/ओ २०२३ को मुख्य दिन बुधबार सर्च इन्जिन एवं इन्टरनेट विज्ञापन प्रदायक गुगलले विभिन्न प्रडक्टहरुको अपग्रेडेड संस्करण र नयाँ प्रडक्ट घोषणा र सार्वजनिक गरेको छ ।

बुधबार करिब दुई घण्टा लामो गुगल कीनोटमा सार्वजनिक एवं घोषणा भएकामध्येमा बढी जसो एआई उपकरणहरु रहेका छन् । यीमध्येका केही नयाँ उपकरणहरु कयौं प्रयोगकर्ताको दैनिक जीवनमा प्राय जसो प्रयोगमा आउने देखिन्छन् ।

गुगल म्यापमा अपग्रेड

Prabhu Bank
Agni Group
NIC Asia

गुगल म्याप्समा केही सहरहरुका लागि इमर्सिभ भ्यू फिचर थपिएको छ । यो फिचरले प्रयोगकर्तालाई आवश्यक पर्ने सबै जानकारी एकै ठाउँमा उपलब्ध गराउनेछ  । जसमा ट्राफिक सिमुलेसन, बाइक लेन, चोक, पार्किङ र  थप कुराहरुको जानकारी समावेश छ ।

मेजिक इडिटर एन्ड कम्पोज

Global Ime bank

गुगलले गुगल फोटोजमा एआईबाट सञ्चालित मेजिक इडिटर एवं कम्पोज फिचर थपेको छ । यसले फोटोजमै सजिलै फोटोहरु इडिट गर्न मिल्ने भएको छ ।

पाल्म–२

गुगलले आफ्नो ठूलो भाषा मोडल (लार्ज ल्यांग्वेज मोडल–एलएलएम)को नयाँ भर्जन पीएएलएल२ (पाल्म२) सार्वजनिक गरेको छ । ओपन एआईको च्याटजीपीटी झैं गुगलको च्याटबोट बार्ड यसैमा आधारित रहेको छ ।

ओपनएआईले च्याटजीपीटीका लागि नयाँ लार्ज ल्यांग्वेज मोडल जीपीटी४ सार्वजनिक गरेको थियो ।

बार्ड च्याटबोट धेरैका लागि सार्वजनिक

एआईमा आधारित गुगलको च्याटबोट बार्ड १८० बढी देश एवं क्षेत्रमा उपलब्ध भएको छ । अहिले अंग्रेजी भाषामा सार्वजनिक च्याटबोट कोरियाली र जापानीसहित ४० बढी भाषामा छुट्टाछुट्टै रुपमा सार्वजनिक हुने कम्पनीले जनाएको छ ।

म्युजिक एलएम

गुगलले एआईमा आधारित टेक्स्टलाई म्युजिकमा रुपान्तरण गर्ने टुल परीक्षणका क्रममा सार्वजनिक गरेको छ । यो टुलमा गएर डिनर पार्टीको आत्मीय ज्याज टाइप गर्दा त्यस किसिमको संगीत सिर्जना गर्ने बताइएको छ । अहिले एआई टेस्ट किचन एपमा वेबमा उपलब्ध म्युजिक एलएम वेटलिस्टका आधारमा मात्रै उपलब्ध गरिएको छ ।

कोडे

गुगलले कोडिङ गर्न सघाउने कोडे टुल पनि सार्वजनिक गरेको छ । कोडेले गिटहबको कोपाइलट जसरी नै काम गर्ने ठानिएको छ ।

इमेजन

लेखिएका आधारमा तस्बिर तयार पार्न सक्ने र तस्बिर इडिट पनि गर्न सकिने एआईमा आधारित गुगलको टुल इमेजन र भर्टेक्सका एआईका लागि कम्पनीले नयाँ एआई मोडल सार्वजनिक गरेको छ ।

फाइन्ड माइ डिभाइस

गुगलले हराएको फोन भेट्टाउन मद्दत गर्ने फाइन्ड माइ डिभाइसमा नयाँ फिचर थपेको छ । यसले अब एप्पलको एयर ट्यागलाई सपोर्ट गर्नेछ ।

महत्वपूर्ण रुपमा तपाईँलाई कुनै अरु डिभाइसले ट्र्याक गरिरहेको छ भने, त्यसको अलर्ट समेत गराउनेछ । अज्ञात ट्र्याकर पत्ता लगाउने र अन्य ब्लुटुथ ट्र्याकरहरूसँग कनेक्टहुने फिचर यसमा थपिएको छ ।

एप्पलको एयर ट्याग गलत प्रायोजनका लागि प्रयोग हुन थालेपछि गुगलले कुनै अरु ट्र्याकरले प्रयोगकर्ता ट्र्याक भइरहेको पाइएमा अलर्ट गराउने फिचर ल्याएको देखिन्छ ।

युनिभर्सल ट्रान्सलेटर

गुगलले सार्वजनिक गरेको अर्काे महत्वपूर्ण एआई टुल भनेको परीक्षणका क्रममा रहेको युनिभर्सल ट्रान्सलेटर रहेको छ । यसले कुनै एक भाषामा रहेको भिडियोलाई अर्काे भाषामा रुपान्तरण गर्न सक्छ ।

अझ रोचक कुरा के छ भने, यो उपकरणले भिडियोमा लिप्सिङ अथवा मुख र अन्य हाउभाउ पनि भाषाअनुरुप परिवर्तन गर्नसक्नेछ । यो एआई टुलको गलत प्रयोगको जोखिम पनि बढी हुने चिन्ता पनि छ ।

प्लेस्टोरमा पनि जोडियो एआई

गुगलले प्लेस्टोरमा पनि एआईको प्रवेश गराएको छ । डेभलपरहरुले गुगलको पाल्म२ मोडलको प्रयोग गरेर एपको लिस्टिङ, प्रमोसनल कन्टेन्ट र रिभ्यूहरुको समरी लेख्न लगाउन सक्नेछन् ।

फोन र ट्याब

गुगलले पिक्सेल ७ए स्मार्टफोन र पिक्सेल ट्याबलेट र फाल्डेबल स्मार्टफोन पिक्सेल फोल्ड पनि सार्वजनिक गरेको छ । गुगलले एन्ड्रोइड प्रयोगकर्ताहरुलाई स्मार्टफोनमा एआईले बनाएका वालपेपरहरु राख्ने फिचर समेत ल्याएको छ । प्रयोगकर्ताले  लेखनबाट फोटो बनाउने एआईलाई भनेअनुसारको वालपेपर राख्न सक्नेछन् ।

यस्तै, गुगलले स्मार्टवाचको अपरेटिङ सिस्टमको नयाँ संस्करण वेयर ओएस ४ सार्वजनिक गरेको छ । यसमा उच्च टिकाउ ब्याट्री र लेखनलाई आवाजमा उर्तान सकिने जस्ता फिचर एवं अन्य कार्यक्षमता थपिएको छ ।

यसबाहेक गुगलको वर्कस्पेस सफ्टवयरमा पनि एआईले प्रवेश पाएको छ । गुगल सर्चमा इमेजबारे थप जानकारीका लागि अबाउट दिस इमेजर र एआईबाट बनाइएको तस्बिरमा एआई जेनेरेटेड भन्ने लेबल लगाउने फिचर थपिएको छ । साइडकिक नामक नयाँ टुल गुगलको डकुमेन्टमा कुनै कुरा लेखिरहँदा साइडमा राख्न सकिने र यसले उपयुक्त लेखन सुझाव दिने बताइएको छ ।

लार्ज ल्यांग्वेज मोडलमा आधारित एआई उपकरणहरुको प्रयोग बढ्दै जाँदा गुगलले यिनीहरुलाई सञ्चालन गर्न सक्ने किसिमले गुगल क्लाउडले ए३ सुपरकम्प्युटर भर्चुअल मेसिन सार्वजनिक गरेको छ ।

डेभलपरहरुका लागि सुरक्षा, स्वास्थ्यसम्बन्धी विवरण राखेर सहयोग पाउन सकिने हेल्थ कनेन्ट, थ्रीडी टेलिकन्फ्रेन्सिङ भिडियो कलिङ प्रोजेक्ट स्टारलाइन र कनेक्टेड कार अनुभवलगायतमा पनि गुगलले थप सुधार सार्वजनिक गरेको छ ।

गुगल आई÷ओ वार्षिक रुपमा कम्पनीले आयोजना गर्ने डेभलपर्स सम्मेलन हो । यो सम्मेलनमा कम्पनीले आफ्ना नयाँ प्रडक्ट र योजना सार्वजनिक गर्छ । मे १० अर्थात् हिजो क्यालिफोर्नियाको माउन्टेन भ्यूमा आयोजित २०२३ को गुगल आई÷ओमा कम्पनीका एआई उपकरणहरु सार्वजनिक भएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १५:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC