site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जोसुकैको नाम आओस्, दोषी छ भने कारबाही हुन्छ : ओली 

काठाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणर्थी प्रकरणमा पार्टीका नाम आएको भन्दै कारबाही हुुनपर्ने बताएका छन् ।

बिहीबार च्यासलमा पार्टी केन्द्रीय कमिटी बैठकको सुरुआतमा राजनीतिक प्रतिवेदन पेस गर्नुअघि उनले समसामयिक विषयमा बोलेका छन् । ओलीले रोक्न नसकिने अवस्थामा पुगेपछि सार्वजनिक भएको नक्कली भुटानी शरणार्थी प्रकरणले आफूलाई खुसी लागेको बताए ।

“अहिले रोक्न नसकिने गरी एउटा यस्तो परिस्थिति निर्माण भयो, जसले एउटा भ्रष्टाचारको काण्ड बाहिर आएको छ । अब जेसुकै गरे पनि यो भ्रष्टाचार सतहमा आइसकेको छ,” उनले भने, “कमरेडहरूको मनमा पनि होला, हाम्रै पार्टीमा भएका, हिजो हाम्रै सरकारमा भएका मान्छेहरूको नाम आएको छ । जोसुकैको नाम आओस्, यदि दोषी छ भने कारबाही हुन्छ ।”

उनले दोषी प्रमाािण्त नहुँदासम्म अपराधी भन्न नमिल्ने बताए । एमालेलाई लक्षित गरेर केही नकारात्मक टिप्पणी भइरहेको उनले उल्लेख गरे ।

“एउटा कुरा के छ भने, जबसम्म दोषी प्रमाणित हुँदैन, तबसम्म अपराधी भन्ने हो कि भन्ने शंका त हुन्छ । तर, अपराधी भन्न मिल्दैन,” ओलीले भने, “पूर्वाग्रही रूपमा दिइने अभिव्यक्ति र अखबारका हल्लाको पछि लाग्न आवश्यक छैन । तर, एमालेका विरुद्ध लगातार वर्षौँदेखि प्रयास भइरहेका छन् ।”

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १२:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro