site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बजेट ल्याउने अहिलेको प्रक्रिया नै गलत छ, प्रिबजेट छलफल कात्तिकमा हुनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले संसद् र सरकार बजेटसँग जोडिन नसकेको बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफलमा क्रममा सांसद थापाले संसद्मा बजेट ल्याउने अहिलेको प्रक्रिया नै गलत रहेको जिकिर गरे ।

“अर्थमन्त्रालयमा अहिले सबै मन्त्रालयको बजेट लक भएर छापिनुपर्ने अवस्थामा छ र केही दिनमै बजेट छापिन्छ । त्यसो भए यत्रो दिन हामीले छलफल किन गरेको ? समय व्यर्थ किन फालेको ? किनभने यो भन्दा पहिले पनि गर्ने भएकाले । यो श्राद्धमा बिरालो बाँधेजस्तै भयो,” उनले भने । 

सांसद थापाले अहिलेको तरिकालाई बदल्नुपर्ने र बदल्न सकिने पनि बताए । उनले कात्तिकबाटै प्रिबजेट छलफल सुरु हुनुपर्ने पनि बताए ।

“कात्तिकमा स्रोत समितिको बैठक राखौँ र खर्चको सीमा निर्धारण गरौँ । मंसिरमा सरकारले विनियोजन विधेयकको सिद्धान्त संसद्मा प्रस्तुत गरोस् र एक महिना छलफल गरौँ । पुसमा त्यसैको आधारमा मन्त्रालयले सिलिङ गर्न पाओस् । माघमा मन्त्रालयबाट कार्यक्रम समावेश भएर फेरि संसद्मा आओस्, छलफल गर्छौं र अर्थलगायत अरू समितिमा छलफल गर्छौंं,” उनले भने, “अनि बजेट निर्माण प्रक्रिया सुरु हुन्छ र यो सँगसँगै बजेट कार्यान्वयन गर्ने ऐन नियमको जुन सूची हुन्छ, त्यो पनि चैतमा संसद्मा प्रस्तुत हुन्छ । चैत र वैशाखमा बजेटसहित त्यसलाई कार्यान्वयन गर्ने नीति ऐन पारित गर्छौंं ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १३:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro