site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
डी ब्रुयनाको गोलमा सिटीले रियाललाई बराबरीमा रोक्यो

काठमाडौं । फेरी एक पटक म्यानचेस्टर सिटीका ‘गोल मेसिन’ इर्लिङ ब्राउट हालान्डलाई विपक्षी रक्षापंक्ति रोक्न सफल भयो । तर, जब उनको टिमलाई जादूको क्षण चाहिएको थियो, पुराना भरपर्दा केभिन डे ब्रुयना चम्किए । उनी डी ब्रुयनाले गरेको गोलमा मंगलबार राति सिटीले यूईएफए च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा रियाल मड्रिडबिरूद्ध १–१ को बराबरी खेल्न सफल भएको छ । 

इङ्लिस क्लब सिटीमा हालान्डको यो पहिलो सिजन हो । तर, पहिलो सिजनमै उनको कीर्तिमानी प्रदर्शनले बेल्जियमका ३१ वर्षे मिडफिल्डर डी ब्रुयना छायामा परेका थिए । नर्वेका हालान्डले सबैखाले प्रतियोगितामा गरी ५१ गोल गरिसकेका छन् । तर, इङ्लिस क्लबका रक्षापंक्तिभन्दा रियालका ‘सेन्टर ब्याक’ एन्टोनियो रुडिगर र डेबिड अलाबा फरक देखिए । उनीहरूले हालान्डलाई शान्त राख्न सफल भए । 

यस्तो अवस्थामा डी ब्रुयनाले गोल गर्न सफल भए र सिटीले रियालको घरेलु मैदानमा १–१ को बराबरी खेल्न सफल भयो । स्पेनको मड्रिडस्थित सान्टियानो बेर्नाबेउमा रियालले ३६औँ मिनेटमा भिसियस जुनियरको गोलबाट अग्रता लिन सफल भएको थियो । डी ब्रुयनाले सिटीको लागि आफू किन अपरिहार्य छु भनेर प्रमाणित गर्दै ६७औँ मिनेटमा गोल गरेपछि रियाल बराबरी खेल्न बाँध्य भएको थियो । डी ब्रुयनाले इल्के गुन्डोगनले दिएको ‘ब्याक पास‘मा १८ यार्ड बक्सबाहिरबाट हानेको प्रहारलाई रियालका गोलकिपर थिबाउट कोर्तुवाले ठम्याउन सकेनन् । 

Dabur Nepal
NIC Asia

“केभिन हाम्रो लागि एक ठूलो खेलाडी हुन् । हामीलाई सबैभन्दा धेरै आवश्यक परेको समयमा उनले सधैं राम्रो प्रदर्शन गर्छन् । उनी एक महान खेलाडी हुन्,’’ सिटी मिडफिल्डर रोड्रिले डी ब्रुयनाको तारिफ गरे, “हामीले गोलका लागि संघर्ष गरिरहेका थियौँ । किनभने उनीहरूले बल राखिरहेका थिए । डी ब्रुयनाको गोलसँगै हाम्रो आत्मविश्वास बढेको थियो ।’’

सिटीबाट च्याम्पियनस लिगमा डी ब्रुयनाको यो १४औँ गोल हो । यससँगै रियालविरुद्ध च्याम्पियन्स लिगको नकआउट चरणका फरक अवे खेलमा गोल गर्ने डी बुयना पहिलो खेलाडी बनेका छन् । 

यो बराबरीसँगै सिटीले च्याम्पियन्स लिगको फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । सिटीले अब दोस्रो लेग आफ्नै घरेलु मैदान इत्तिहाद रंगशालामा खेल्नेछ । जहाँ सिटी यस प्रतियोगितामा पछिल्लो पाँच वर्षदेखी अपराजित छ । रियाल भने कीर्तिमानी १५औँ पटक उपाधि जित्ने अभियानमा छ । 

रियालका चतुर प्रशिक्षक कार्लो एन्सेलोट्टी पहिलो लेग जित्न नसकेकोमा धेरै विचलित देखिएनन् । रियाल र एसी मिलानबाट समान दुई पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल प्रशिक्षक एन्सेलोट्टीले थपे, ‘‘हामीले अर्को साता फेरी खेल्नुछ । आज हाम्रो रणनीति राम्रो थियो । उनीहरूसँग बल हुँदा पनि हामी आत्तिएका थिएनौं । दोस्रो पूर्णरुपमा फरक रह्यो । बराबरी भए पनि टिम राम्रो मानसिकतामा छ ।’’

बराबरीमा सिटीका प्रशिक्षक पेप ग्वार्डिओला पनि खुसी देखिएका छन् । सिटी जारी सिजन तीन प्रतियोगिताको उपाधि नजिक छ । च्याम्पियन्स लिगको सेमिफाइनल खेलिरहेको सिटी प्रिमियर लिग र एफए कपको उपाधि नजिक छ । 

‘‘अब यो प्लेअफ जस्तै भयो । कुनै क्षणमा हाम्रो रक्षापंक्ति राम्रो देखियो । र, अलि फरक रूपमा आक्रमण गर्न पनि सफल भयौं,’’ सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने, ‘‘अलाबा र रुडिगरले हालान्डलाई रोकिरहेका थिए । उनले एकदम कम स्थान पाएका थिए । तर, पनि हामी गोल गर्न सफल भयौं ।’’

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  ०८:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro