site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बेङ्लोरविरुद्ध मुम्बईको सहज जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेङ्लोरविरुद्ध ६ विकेटको सहज जित निकालेको छ । मंगलबार वान्खडेमा सम्पन्न खेलमा बेङ्लोरले प्रस्तुत गरेको २०० रनको लक्ष्य मुम्बईले निर्धारित १६.३ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । 

मुम्बईको जितमा सूर्यकुमार यादवले ८३ रन बनाए । सूर्यकुमारले ३५ बलमा सात चौका र ६ छ्क्का प्रहार गरे । नेहल वाधेराले ३४ बलमा चार चौका र तीन छ्क्कासहित ५२ रन थपे । ओपरनर इशान किसनले ४२ रन बनाए । 

बेङ्लोरका वनिन्दु हसरङ्गा र विजयकुमार ब्यासकले समान दुई विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङमा आएको बेङ्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९९ रनको योगफल खडा गरेको थियो । 

बेङ्लोरका ग्लेन म्याक्सवेलले ६८ रन बनाएका थिए । कप्तान फाफ डुप्लेसिसले ६५ रन थपे । दिनेश कार्तिकले ३० रन बनाउँदा केदार यादव र वनिन्दु हसरङ्गाले समान १२ रन जोडे । 

मुम्बईका जासन बह्रेन्डोर्फले तीन विकेट लिए । क्यामरून ग्रीन क्रिस जोर्डन र कुमार कार्तिकेयाले एक/एक विकेट लिए ।

जितसँगै ११ खेलबाट १२ अंक जोडेको मुम्बई तेस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट १० अंक जोडेको बेङ्लोर सातौं स्थानमा छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  ०६:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro