site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
उपेन्द्र यादवले गरे विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको आलोचना
फाइल तस्बिर।

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा तत्कालीन समस्या समाधानका लागि यथार्थपरक मार्गचित्र प्रस्तुत नगरिएको बताएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उनले सिद्धान्त र प्राथमिकतामा अर्थ राजनीतिका बृहत् विषयवस्तु समावेश गरिनु सबल पक्ष भएको बताए ।

Argakhachi Cement Island Ad

“सिद्धान्त र प्राथमिकतामा कोभिड महामारी, रुस र युक्रेन युद्ध जस्ता विश्व अर्थ राजनीतिक घटनाबाट मुलुकमा उत्पन्न मुद्रास्फिति, क्रय शक्तिमा ह्रास, खाद्य सुरक्षाको सम्भावित संकट, आर्थिक वृद्धिदर, अस्थिर विदेशी विनियम सञ्चिति, ब्याजदर अप्राकृतिक, मिटरब्याजदरलगायतका तत्कालीन समस्या समाधानका लागि यथार्थपरक मार्गचित्र प्रस्तुत गरिएको छैन,” उनले भने ।

त्यस्तै, उत्पादन र उत्पादकत्व वृद्धि गर्ने सिद्धान्तहरु ल्याइनु राम्रो भएको उनले बताए ।

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १४:५४
प्रतिक्रिया दिनुहोस्