site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लगानीकर्ता डुबाउने खेलमा धितोपत्र बोर्ड अध्यक्ष ‘मतियार’
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपालको पुँजी बजारमा जुनसुकै कम्पनीको सेयर आए पनि धेरै लगानीकर्ताले आवेदन दिने र सो सेयर बजारबाट उठ्ने सम्भावना अधिक हुने देखिएको छ ।  बजारको यो चरित्र मनन् गर्दै कमजोर कम्पनीहरूको सेयर बजारमा ल्याएर जनताको लगानी डुबाउने खेलमा धितोपत्र बोर्ड र यसका अध्यक्ष रमेश हमाल पनि ‘मतियार’ का रुपमा देखिएका छन् । 
 
धितोपत्र निस्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ मा संशोधन गरेर बजारमा आफ्नो पेशा वा उद्योगबाट नाफा नभएका कम्पनीलाई पनि नाफामा देखाएर साना लगानीकर्ताको पुँजीमा खेलवाड गर्ने कार्य सुरु भएको छ । 
 
यो विषय बुझ्नका लागि एउटा उदाहरण मनन् गरौं ।  मान्नुस् कुनै एक कम्पनीले १०० वटा बसहरू चलाउँछ र बस पार्किङ्गका लागि उसले जग्गा किनेको रहेछ ।  व्यापारमा समस्या आउँदै जाँदा बस संचालन गर्दा वर्षमा १० करोड घाटा हुन थालेछ । 

अब, सो कम्पनीले आफूलाई पब्लिक लिमिटेड बनाएर सेयर जारी गर्न चाह्यो भने पहिलेको नियमअनुसार त्यो सम्भव थिएन । किनकि, जग्गाको पुनर्मूल्यांकन हुँदैन थियो, खरिद गरेकै मूल्यमा कम्पनीको वित्तीय मूल्यांकन हुन्थ्यो । तर अहिलेको संशोधनले त्यो सम्भव बनाइदिएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

अब उसले आजको मूल्यमा उसको पार्किङ्गको जग्गाको पुनर्मूल्याकंन गर्न पाउने भयो । यसले गर्दा जुन मुख्य व्यवसाय हो त्यसमा घाटा हुँदा पनि कम्पनी नाफामा देखिन सक्यो ।
 
सर्वसाधारण जनताले त्यो कम्पनीको सेयर किन्दा बस सञ्चालनमा घाटा छ भन्ने थाहै नपाउने भए ।  जग्गाको मूल्यले सधैं कम्पनीको वृद्धि र अरु खर्च त धान्दैन र अन्ततः त्यो कम्पनी डुबेर जाने खतरा हुन्छ । त्यो कुरा थाहा पाउन्जेल सञ्चालकहरू आफ्नो लगानी उठाइसकेका हुन्छन्, र जनता नराम्ररी ठगिन पुग्छन् ।
 
सेयर बजारका विज्ञ डा. गोपालप्रसाद भट्ट घरजग्गालाई आधार बनाएर नेटवर्थ पोजेटिभ बनाउने नीतिले साधारण लगानीकर्तालाई जोखिमको भार बढाउने बताउँछन् ।  भट्टका अनुसार नेपाल वित्तीय सूचना मानक (नेपाल फाइनान्सिएल रिपोर्टिङ स्ट्यान्डर्ड)मा बोर्डले नेटवर्थ गणना परिवर्तन गर्दा त्यसलाई खुलाएर देखाउनुपर्ने हुन्छ ।
 
“बोर्डको नीतिले व्यवसायको आधारमा घाटामा रहेका कम्पनीलाई जग्गाको मूल्यांकनले मात्र नेटवर्थ बढाएर आईपीओ जारी गर्ने बाटो खुलेको देखियो,” भट्टले भने, “नियम रातारात परिवर्तन गर्नुपर्ने थिएन, अब आईपीओ भर्दा नै लगानीकर्ता सचेत हुनुपर्ने अवस्था आएको छ ।”

बोर्डका एक अधिकारीका अनुसार आईपीओ निस्कासनमा अहिले नियमको निकै दुरुपयोग भएको छ ।
 
“सेयर बजारमा वास्तविक क्षेत्रका राम्रो नाफा गरेका कम्पनी भित्र्याउन ल्याइएको नीतिको दुरुपयोग गरिएको छ,” बोर्डका एक पूर्वअध्यक्षले भने, “अहिले नै बोर्डले दुईवटा कम्पनीको आईपीओ निस्कासनमा नियमको दुरुपयोग गरेको छ ।”
 
बोर्ड अध्यक्ष रमेश हमालले गरेको निर्णयमा बोर्डका धेरै कर्मचारीहरु सहमत छैनन् ।  स्रोतका अनुसार बोर्ड अध्यक्ष रमेश हमालले जबरजस्ती घाटाका कम्पनीलाई सार्वजनिक निष्कासनको अनुमति दिनको लागि यस्तो व्यवस्था गरेका हुन् ।
 
यो संशोधित निर्देशिकाले कसरी जनतामा असर पर्छ भनेर हामीले अनुगमन गर्‍यौं ।  सगरमाथा ब्रान्डको सिमेन्ट उत्पादन गर्ने घोराही सिमेन्टले आफ्नो पुँजीको २० प्रतिशत सेयर सर्वसाधारण लगानीकर्ताका लागि निस्कासन गर्दैछ । 
 
यो कम्पनीको बुक भ्यालु निकाल्दा कति बढाई–चढाई गरियो भन्ने विवादसम्म पुग्नै पर्दैन ।  केवल अहिलेको बुक भ्यालुलाई आधार मान्दै सेयर कतिमा बिक्री गर्न चाहेको छ त्यो हेरौं ।  उसले सय रुपैयाँको आफ्नो सेयर प्रिमियमसहित रु. ४३५मा बेच्न तयारी गरेको छ । 

Royal Enfield Island Ad

बजारमा स्थापित भएको शिवम् सिमेन्टको मूल्य ४०० रुपैयाँ पुगेको बेला घोराही सिमेन्टको सेयर जनताले किन्छन् वा किन्दैनन् त्यो आफ्नै ठाउँमा छ ।  तर घोराहीको कम्पनीको बुक भ्यालु बनाउने समयमा पनि अहिले संशोधन गरेको निर्देशिकाले प्रभाव पारेको देखिन्छ । 
 
पछिल्लो समय सिमेन्टको व्यवसाय नै ओरालो लागेको बेला घोराहीले प्रस्तुत गरेको तथ्यांकमा समेत प्रश्न उठेको छ ।  उसले प्रस्तुत गरेको बिक्री नाफामा समेत शंका देखिएको छ ।  नेटवर्थमा पछिल्लो सम्पत्तिको भ्यालुएसन जोडेर सेयर निस्कासन गर्न दिने र प्रिमियममासमेत आईपीओ निस्कासन हुने नीतिले सेयर बजारमा लगानीकर्ता फस्ने जोखिम बढ्ने विज्ञहरु बताउँछन् । 
 
बोर्डले थप गरेको निर्देशिकामा भनिएको छ, “(खुद सम्पत्ति) भन्नाले नेपाल वित्तीय प्रतिवेदन मानअनुसार संगठित संस्थाको शेयरको चुक्ता पूँजी तथा जगेडा कोषहरूको कुल जोडमा सञ्चित नोक्सानीको कुल रकम र अपलेखन गर्न बाँकी स्थगन र विविध खर्चहरू तथा ख्याति घटाई बाँकी रहन जाने खुद सम्पत्ति (नेटवर्थ) रकम सम्झनु पर्छ ।”
 
नेपाल वित्तीय प्रतिवेदन मान(एनएफआरएस)मा भएको कम्पनीको जग्गाको पछिल्लो मूल्यलाई समेत सम्पत्तिको रुपमा गणना गर्नुपर्छ ।  जसले गर्दा कम्पनी जुन उद्देश्यलाई खोलिएको हो त्यसको कारोबार कम भएर कम्पनी घाटामा गएपनि नेटवर्थ भने बढी हुन्छ । 

नेपालमा सेयर बजारमा लगानी गर्नेको संख्या बढ्दो क्रममा भएपनि सैद्दान्तिक ज्ञान र बजार परिस्कृत नभएको बेला बोर्डको निर्णयले सर्वसाधारण लगानीकर्ता फस्ने सम्भावना बढेको छ ।  जग्गाको भ्यालुएसनले नेटवर्थ बढाए पनि वास्तविक रुपमा कम्पनीको कारोबार नै घटेको बेला निस्कासन हुने सार्वजनिक निस्कासनले जोखिमलाई बढाएको छ ।

हालै आफ्नो सेयर सार्वजनिक निस्कासन गर्न लागेको एक मिडिया कम्पनीले पनि बोर्ड र अध्यक्षको विशेष कृपाका कारण मिडिया बजारको बेहाल भएको बेलामा पनि व्यापारको भन्दा सम्पत्तिको पुनर्मूल्यांकन गरेर सेयर ल्याउन खोजेको बोर्डका एक अधिकारी बताउँछन् ।
 
“साधारण लगानीकर्ताले प्राविधिक विषयहरु बुझ्दैनन्,” एक सीएले भने, “कारोबार नहुने जग्गाको मूल्यलाई बढाएर नेटवर्थ देखाएर आईपीओ ल्याएमा जनताको सम्पत्तिमा जोखिम त स्वाभाविक रुपले बढ्छ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १२:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro