site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मौद्रिक नीतिमा गभर्नर अधिकारी उदार

काठमाडौं । विगतमा भन्दा फरक अभ्यासले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति जारी गरे । 

सेयर बजार कारोबार नहुने दिन शुक्रबार र कारोबार हुने दिन भएमा ३ बजेपछि मौद्रिक नीति जारी गर्ने प्रचलन रहे पनि गभर्नर अधिकारीले यो पटक सेयर कारोबार भएको समयमा नै मौद्रिक नीति सार्वजनिक भयो । 

मौद्रिक नीतिमार्फत् गभर्नर अधिकारीले सेयर बजारको लागि उदार हुने नीति लिएका छन् ।  सेयर बजारलाई प्रभावित पार्ने नीति लिएको भन्दै आलोचित भएका गभर्नर अधिकारीले सेयर कर्जाको जोखिम भार घटाउने नीति लिएका छन् । 

१५० प्रतिशतसम्म रहेको जोखिम भारलाई गभर्नर अधिकारीले घटाउने मौद्रिक नीतिमा उल्लेख गरे ।  जसको प्रभाव आइतबारको सेयर बजारमा समेत परेको छ । नेप्से परिसूचक ६० अंकले बढ्यो भने कारोबार पनि अर्बको भयो । 

गभर्नर अधिकारीले सेयर बजारसँगै घरजग्गामा र अटोमोबाइल्समा समेत उदार नीति लिएका छन् ।  १५० प्रतिशत रहेको जोखिम भारलाई घटाउने घोषणा गरेका छन् । यसले सेयर बजारसँगै घरजग्गाको कारोबारसमेत बढ्ने अनुमान गरिएको छ । 

Global Ime bank

१ करोड ५० लाखसम्मको आवासीय घरकर्जाको सीमालाई २ करोड बनाउने नीति मौद्रिक नीतिले गरेको छ । यसले व्यक्तिगततर्फ पहिलो पटक घरकर्जा लिनेलाई राहत दिने अनुमान गर्न सकिन्छ ।  गत अर्थिक वषर्मा घरजग्गा सेयर कारोबार तथा गाडी व्यवसाय निकै नराम्रोसँग प्रभावित भएको थियो । 

सेयर बजार घरजग्गा र गाडीमा जाने ऋणलाई अनुत्पादक रुपमा परिभाषित गरे पनि नेपाली अर्थतन्त्र भने त्यहीँबाट बढी चलायमान हुने गर्छ ।  गभर्नरको नीतिले सेयर बजार, घरजग्गा र गाडी कर्जामा लिएको उदार नीतिले सो क्षेत्र चलायमान हुने अनुमान गरे पनि कार्यान्वयनमा भने केन्द्रीय बैंक उदार नहुने देखिएको छ । 

नीतिमा उदार देखिए पनि कार्यान्वयन भने कडाइ हुने गभर्नर अधिकारीको संकेत छ ।  खास गरेर सेयर बजारको लगानीकर्ताको लागि जोखिम भार सेयर कर्जामा ५० लाखसम्मको कर्जामा मात्र हुने घोषणा गभर्नर अधिकारीले पत्रकार सम्मेलनमा गरे । 

यसको अर्थ ५० लाखसम्मको सेयर धितो कर्जामा मात्र जोखिम भार घट्ने हो । अहिलेसम्म सो व्यवस्था २५ लाखसम्मको लागि मात्र थियो । 

राष्ट्र बैंकको तथ्यांकअनुसार ७४ अर्ब ६९ करोड सेयरधितो कर्जामा ५० लाखभन्दा मुनीको कर्जा १९ अर्ब ७२ करोड रुपैयाँ मात्र छ । यो भनेको २६ प्रतिशत कर्जा हो । २५ लाखसम्मको कर्जामा अहिले पनि जोखिम भार १०० प्रतिशत छ । अब ५० लाखसम्मको कर्जामा घटाउने भने पनि सेयरधितोमा प्रभावित भएको कर्जामा १६ प्रतिशतमा मात्र उदार हुन खोजेको देखिएको छ । 

सेयर कारोबार हुने बेला सार्वजनिक भएको मौद्रिक नीतिमा जोखिम भार घटाउने भनेको र पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले घोषणा गरेको ५० लाखसम्मको ऋणको सीमाले गभर्नर कार्यान्वयनमा भने अझै कडा हुने खोजेको देखिएको छ । 

mahaprasad adhikari1690113736.jpg

विगतमा पनि गभर्नर अधिकारीले नीतिमा उदार हुने र त्यसलाई कार्यान्वयन गर्ने निर्देशिका कडाइ गर्ने गरेका थिए । 

यसले नीतिको प्रभावको लागि निर्देशिका कसरी आउँछ भनेर हेनुपर्ने देखिएको छ । गभर्नर अधिकारीले मौद्रिक नीतिमा भने अनुसारको निर्देशिका कसरी जारी गर्छन् त्यसले सो क्षेत्रलाई पार्ने प्रभावको बारेमा मूल्यांकन गर्न सकिन्छ । 

नीतिगतदरलाई ७ प्रतिशतबाट साढे ६ प्रतिशत बनाउने नीतिले आउने दिनमा बैंकहरुको ब्याजदर घट्न सक्छ ।  गभर्नर अधिकारीले बाह्य क्षेत्रमा एउटा खाले स्थायित्व आएपछि उदार हुने गरेर नीति लिएको देखिन्छ । गभर्नरले नीतिगतदर तथा वैधानिक तरलता अनुपातलाई भने यथावत राखेका छन् । 

विदेशी मुद्राको सञ्चितिमा आएको कमीले विदेशमा घुम्न जाने व्यक्तिलाई डलर सटही दरमा कडाइ गरेकोमा यो पटक यसलाई संशोधन गरिएको छ । 

१ हजार अमेरिकी डलर भारत बाहेकका देशमा सटही सुविधा पाउने गरेकोमा त्यसलाई १५ सय अमेरिकी डलरले बढाएर २५ सय डलर पुर्याएका छन् । यो सुविधा भने एउटा व्यक्तिले बढीमा दुईपटकमात्र प्रयोग गर्न पाउने छ । 

गभर्नर अधिकारीले मौद्रिक नीतिमा अहिलेसम्म गएको कर्जाले आर्थिक वृद्धिदरमा खासै प्रभाव नपरेको उल्लेख गरेका छन् । 

“पछिल्लो २० वर्षमा बैंकिङ क्षेत्रबाट औसतमा १९.४ प्रतिशतले कर्जा विस्तार भएको छ । निजी क्षेत्रतर्फ प्रवाहित कर्जा र कुल गार्हस्थ्य उत्पादनबीचको औसत अनुपात बढ्नुका अतिरिक्त ठूला आकारको कर्जाहरुको संख्या पनि बढेको छ । तर, कर्जाको विस्तार भएअनुरुप वास्तविक क्षेत्रको विस्तार हुन सकेको छैन । वास्तविक क्षेत्र विस्तार नभई वित्तीय क्षेत्रको मात्र विस्तार हुँदा वित्तीय सम्पत्तिको गुणस्तर कमजोर हुन गई वित्तीय स्थायित्वमा मात्र नभएर यसले अन्ततः वास्तविक क्षेत्र तथा सरकारी वित्तमा समेत दीर्घकालीन रुपमा प्रतिकूल प्रभाव पार्न सक्ने जोखिम रहन्छ । यसर्थ, कर्जाको वृद्धिभन्दा कर्जाको उत्पादनशील उपयोग बढाउने, साना तथा मझौला उत्पादनशील कर्जामा जोड दिने र कर्जाको अधिकेन्द्रीकरण घटाउनेतर्फ जोड दिइएको छ,” मौद्रिक नीतिमा भनिएको छ । 

 


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १७:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu