site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
किन धेरै दोहोरिँदैनन् चलचित्रमा महिला कलाकार ? १० बुँदामा सुरक्षाको जवाफ
Tiktok banner adTiktok banner ad

नेपाली चलचित्र उद्योगमा पछिल्लो समय अभिनेताको अनुपातमा अभिनेत्रीहरू दोहोरिँदैनन् । जुन संख्यामा अभिनेताका चलचित्र आउँछन्, सोही संख्यामा अभिनेत्रीहरूका सिनेमा आएको पाइँदैन ।

दयाहाङ राई, सौगात मल्ल, विपीन कार्कीलगायत कलाकार पछिल्लो समय धेरै दोहोरिने कलाकार हुन् । तर, उनीहरूकै समकालीन महिला कलाकार धेरै दोहोरिएका छैनन् । अभिनयका हकमा राम्रो अभिनय गर्ने महिला कलाकारको संख्या पनि कम छैन । तर, उनीहरूका चलचित्र त्यति धेरै आएको पाइँदैन । किन ? महिला कलाकारका चलचित्रको संख्या पुरुषको जति किन हुँदैन ?

बाह्रखरीले गरेको प्रश्नमा सुरक्षा पन्तले राखेको विचार :–

१. महिला कलाकारको संख्या बढ्दै जाने तर महिला केन्द्रित सिनेमाको संख्या सोही अनुपातमा बढेका छैनन् । 

२. पहिला महिला कलाकार सुपरस्टारको फर्मममा चलेका थिए । अहिले कलाकार चल्ने समय छ । तर, अभिनय वा चरित्र चल्ने समय आए पनि पुरुष कलाकार नै खोजिएको र रुचाइएको समय छ । 

३. महिला कलाकार दोहोरिँदा मिडियाले मेकरसँग जोडेर अनौठो प्रश्न गर्छ । किन उहाँसँग मात्रै काम गरेको भनेर सोधिन्छ । यो प्रश्न र शंकाले पनि एउटै टिमसँग अथवा मेकरसँग काम गर्ने सिलसिलामा पूर्णविराम लगाउने भयो । 

४. दोहोरिने कि नदोहोरिने भन्ने क्रम बक्सअफिसको रिपोर्टले पनि निर्धारण गर्छ । तर, एकै खालका सिनेमा मात्रै बनाउँदा जो चल्छ, उसैलाई मात्रै लिने गरिन्छ । नेपालमा कस्ता सिनेमा बक्सअफिसमा सफल भए । सबैले हेर्न सकिन्छ । महिला कलाकार दोहोरिने अर्को कारण जब उनीहरू ‘आई क्यान्डी’मात्रै हुन तयार हुन्छन् । अर्थात् सर्पोटिङ रोलका लागि मात्रै तयार हुन्छन्, जुन अहिले करिब–करिब सम्भव छैन । कम्तीमा मेरो हकमा म त्यो रूपमा दोहोरिन्न । ‘रिस्क’ नै होस् तर म फरक काम गर्न चाहन्छु । 

५. महिला कलाकारको हकमा नेपाली चलचित्र उद्योगले विविधता दिन सकेको छैन । 

६. पारिश्रमिकको हकमा पनि कम पैसामा काम गर्नुपर्ने आजसम्म पनि छ । जो कम पारिश्रमिकमा काम गर्न तयार हुन्छ, ऊ दोहोरिने सम्भावना उच्च हुन्छ, जो मान्दैन उसको सम्भावना न्यून हुन्छ । 

७. महिला कलाकारलाई सामाजिक बन्धन तथा विचार र सोचको संकुचनका कारण आफैँ चलचित्रसँग तर्किनुपर्ने अवस्था छ । जस्तै: विवाह, सन्तान र उमेरलाई आधार बनाएर मेकरले सिनेमामा लिने/नलिने निर्णय गरेको पाइन्छ । 

८. चलचित्रमा दोहोरिन एउटै टिमसँग काम गर्दा पनि सम्भव छ । तर, एउटै टिमसँग काम गर्दा आफूलाई धेरै कुरामा एक्सप्लोर गर्न पाइँदैन । एउटै विचारसँग सहमत भएर काम गर्नुपर्ने हुन्छ । आफ्नो सिनेमा आइडियोलोजी मारेर अरूको हिसाबले चल्नुपर्ने हुन्छ । यसमा म सहमत छैन ।  

९. महिला कलाकार मुख्य भूमिकामा रहेको चलचित्र रहेछ भने त्यसलाई सबैले सहयोग गरेर बक्सअफिसमा सफल बनाउन सहयोग गर्नुपर्छ । महिला कलाकार मुख्य भूमिकामा रहेकै भरमा असहयोग गर्नुपर्ने कुनै कारण छैन । सिनेमा अन्ततः व्यापारकै लागि हो । मुख्य भूमिकामा महिला कलाकारलाई किन नलिने भन्ने सोच मेकरमा भएको पाइँदैन ।  

१०. तर, नदोहोरिनु एक हिसाबले राम्रो पनि हो । यसले नयाँ–नयाँ मेकरलाई सिनेमा उद्योगमा डेब्यू गराउन पनि सहयोग गर्न सक्छ । दोहोरिने प्रवृत्तिले सिनेमामा एकाधिकार जन्माउँछ । एक महिला कलाकारको हैसियतमा म यसलाई समर्थन गर्न सक्तिनँ । किनभने पुरुष कलाकारहरूले त्यसो गर्छन् ।

यो पनि पढ्नुहोस्

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १८:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro