site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रास्वपाकी बिन्दावासिनी कंसाकार बनिन् प्रतिनिधिसभा सदस्य
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । बिन्दावासिनी कंसाकार राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेकी छन् । निर्वाचन आयोगले उनलाई आइतबार प्रतिनिधिसभा सदस्यको प्रमाण दिएको छ । 

उनलाई सांसद बनाउने निर्णय निर्वाचन आयोगले बिहीबार नै गरेको थियो । आयोगका उपन्यायधिवक्ता गुरुप्रसाद वाग्लेले कंसाकारलाई प्रमाणपत्र वितरण गरेको जानकारी दिएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि, रास्वपाले समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको थियो । मन्त्री बन्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग घुस लेनदेन गरेको अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई रास्वपाले कारबाही गरेको हो ।

उक्त कारबाहीका आधारमा सभामुख देवराज घिमिरेले उनको सांसद पद खारेज गरेका थिए । सोपश्चात् रास्वपाबाट कंसाकार उक्त पदमा सिफारिस भएकी थिइन् । 

Global Ime bank

आयोगले उनलाई निर्वाचित गराएर संसद् सचिवालयलाई जानकारी दिइएको छ भने आज सर्वोच्च अदालतले ढाकाकुमारको सांसद पदसम्बन्धी रिटमा उनीविरुद्धको कारबाही कार्यान्वयन नगर्न आदेश दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १७:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement