site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
शेखर गोल्छाको ‘डीएनए’ मा रहेको उद्योग मोह, आयातको व्यापार उद्योगमा परिणत 

काठमाडौं । “नेपाल उद्योग वाणिज्य महासंघको पूर्वअध्यक्षको हिसाबले म तपाईंहरूसँग भेटिने छैन,” अध्यक्षबाट निवर्तमान हुँदै गर्दा शेखर गोल्छाले आर्थिक पत्रकारहरूसँगको कुराकानीमा भनेका थिए, “मेरो तपाईंहरूसँग भेट व्यवसायको लागि हुनेछ, महासंघको पूर्वअध्यक्षको हिसाबले क्लब चलाउने गरेर होइन ।” 

उनले त्यो बेला सँगै रहेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाललाई देखाउँदै अब महासंघ ढकालको भिजनअनुसार चल्ने र आफूले सहयोग मात्र गर्ने उल्लेख गरेका थिए । 

महासंघको अध्यक्षबाट कार्यकाल पूरा गरेर बाहिरिए पनि आफ्नो व्यवसायमा सक्रिय हुनुपर्ने र पूर्वअध्यक्षको हिसाबले भूमिका नखोज्ने सोच गोल्छाको थियो । 

Dabur Nepal
NIC Asia

निजी क्षेत्रको ठूलो संस्था महासंघ अध्यक्ष बन्ने गोल्छा परिवारको सपना पूरा गरेपछि शेखरले पत्रकारसँग अबका गफहरू महासंघको राजनीतिमा नभएर आफ्ना व्यवसाय र उद्यमशिलताको बारेमा हुने बताएका थिए । 

महासंघ अध्यक्षको हिसाबले करिब साढे दुई वर्ष उनले आफ्ना व्यवसायको बारेमा सञ्चारमाध्यमसँग खासै कुरा गरेनन् । महासंघमा करिब साढे दुई वर्ष अध्यक्षको कार्यकाल पूरा गरेको दुई साता नहुँदै उनले नवलपरासीको रामग्राममा सामसङको एसेम्बल युनिटको सुरुवात गरे ।

त्यही कमाउन्डभित्र बजाज मोटरसाइकलको एसेम्बल सुरु भएको तीन वर्ष पूरा भएको छ । गत सातादेखि नेपालमा कोरियाली टेलिभिजन ब्रान्ड सामसङको नेपालमा एसेम्बल सुरु भयो अर्थात् अब सामसङका टीभी नेपालमै बन्न थाले ।

shekhar21683267968.jpg

यसभन्दा अगाडि अरू ब्रान्डको टेलिभिजन नेपालमा एसेम्बल नभएका भने होइन । व्यावसायिक घराना गोल्छा ग्रुपले सामसङसँगको साझेदारीमा ३२ देखि ८८ इन्चसम्मको टेलिभिजन नेपालमै उत्पादन थालेको हो ।  नेपालमा उद्योगको स्थापना भने यिनै शेखरका हजुरबुबा रामलाल गोल्छाले गरेका थिए ।

रामलालले सुरु गरेको उद्योग यात्रा उनका छोरा, नाति हुँदै पनातिसम्म विभिन्न क्षेत्रमा फैलिएको छ ।  जसको नेतृत्वमा सामसङको नेपालमा एसेम्बल सुरु भएको हो । रामलाल गोल्छाले उद्योगबाट बनाएको जग उनका छोरा हुलासचन्द्र र हंशराजले व्यवसायका हरेक क्षेत्रमा फैलाएका थिए । 

गोल्छा परिवारको भागबण्डा हुँदा शेखरले आफैँले हेर्ने गरेको बजाजको बिक्रेता र सामसङको बिक्रेता परेको थियो । यसबाहेक एउटा औषधि उद्योग र इन्भेष्टमेन्ट कम्पनी परेका थिए । उद्योगहरू शेखरका अन्य सदस्यको भागमा थियो । 

महासंघको नेतृत्व गरे पनि केही उद्योगीहरू शेखरको पछाडि अनौपचारिक रूपमा भन्ने गर्थे, “उद्योगको जग बसाल्ने परिवारको सदस्य भए पनि शेखरजी ट्रेडिङकर्ता हो, उद्योगी त होइन नि !”

शेखर भने बजाज र सामसङको बिक्रेताको रूपमा ट्रेडिङको काम गरे पनि यसलाई उद्योग जसरी नै चलाएको बताउँछन् । 

“मोटरसाइकलको बिक्रेता भए पनि सुरुमा हामीले देशभर बिक्रेता बनायौँ, सर्भिस सेन्टर खोल्यौँ भने मोटरसाइकलमा वारेन्टी समेत दियौँ,” गोल्छाले सुनाए, “केवल बिक्रेताको मात्र व्यवसाय थिएन, सामसङमा समेत हामीले सोहीअनुसार काम गरेका थियौँ ।”

बिक्रेता भएर काम गरे पनि शेखरलाई भने बजाज र सामसङको उत्पादन नेपालमा नै गर्ने हुटहुटी थियो । गोल्छा परिवारले गाडीको उत्पादन भने नेपालमा पहिला पनि गरेको थियो । 

हुलास मोटर्सअन्तर्गत नेपालमा बनेको ‘मुस्ताङ म्याक्स’ नउठ्ने गरेर बन्द भइसक्यो । शेखरका दाइ सुरेन्द्र गोल्छाको व्यवस्थापनमा रहेको हुलास मोटरका उत्पादन बचाउन शेखर निकै लागेका थिए । हुलास मोटरले उत्पादन गर्ने गाडीको पहिलो ‘टेस्ट ड्राइभ’ शेखरले गरेका थिए । तर, हुलास मोटरको उत्पादन मुस्ताङ म्याक्स अब इतिहास भइसक्यो । 

भारतमा बनेको बजाज मोटरसाइकलको एसेम्बल गर्ने सपना उनको पुरानो थियो । 

shekhargolchha1683267970.jpg

“ट्रेडिङको काम गरे पनि मेरो डीएनएमा उद्योग थियो,” गोल्छाले बजाज र सामसङको एसेम्बल गर्ने सोच सुनाउँदै भने, “उद्योगबाट सुरु भएको समूह व्यवसाय गर्दा धेरै क्षेत्रमा लगानी भयो, व्यापार गरे पनि त्यसलाई भ्यालु एड गर्दै उद्योगमा जानुपर्छ भनेर नै एसेम्बलको काम सुरु भएको हो ।”

शेखर गोल्छाले बजाज मोटरसाइकलको नेपालमा एसेम्बल सुरु गरेपछि अहिले अरू ब्रान्डले समेत एसेम्बल गर्न थालेका छन् । सरकारी नीति पनि अहिले एसेम्बल उद्योगलाई प्रोत्साहन गर्ने खालको छ । तर, धेरैले भने एसेम्बल उद्योगलाई पाटपुर्जा ल्याएर जोड्ने उद्योगको रूपमा मात्र लिने र यसले भ्यालु एडिसन नभएको बताउँछन् । 

महालेखापरीक्षकको कार्यालयले त नाम नै तोकेर भ्यालु एडिसन नभएको प्रतिवेदन दिएको छ । यसमा भने शेखरको असहमति छ । 

“नेपालमा एसेम्बल भएपछि मोटरसाइकलको मूल्य सस्तो भएको छ, अहिलेको जमानामा लुकाउने भन्ने हुँदैन,” गोल्छाले भने, “४ सयजनाले रोजगारी पाएका छन्, भ्यालु एडिसन समेत छ, यसलाई थप्दै जाने हो ।”

आयात मात्र गर्ने भएको भए उद्योग लगाउन जग्गा किन्नु नै पर्ने थिएन । नवलपरासीको रामग्राम नगरपालिकामा अहिले भएको ठाउँमा गोल्छाले ३२ बिगाह जग्गा लिएका छन् । यसमा दुई अर्बभन्दा बढी लगानी भइसकेको छ । 

जसमा बजाजको एसेम्बलदेखि सामसङको एसेम्बल हुन्छ । “एसेम्बलबाट सुरु गरेर र भ्यालु एड थप्दै उद्योग चलाउने सोच बनाएको हो,” गोल्छाले सुनाए, “एसेम्बलबाट फाइदा नै भएन भनेर भन्नु हतारो हुन्छ ।”

बजाज मोटरसाइकलको एसेम्बल बने पनि अहिलेसम्म थप ‘ब्याकवार्ड लिंकेज’को काम भएको छैन । तर, शेखर यसको लागि तयारी अवस्थामा छन् । केही समयभित्र मोटरसाइकलको एसेम्बलबाट ‘ब्याकवार्ड लिंकेज’को काम भएको जानकारी आउने छ । 

samsung 11683267967.JPG

“दुई वर्षभित्र एसेम्बल उद्योगभित्र एक हजारजनाले रोजगारी पाउने गरेर हामीहरूले काम गरिरहेका छौँ,” गोल्छाले भने, “अहिले अवस्था खराब भएको कारण केही कामहरू रोकिएको छ । थप कामहरूको जानकारी आइहाल्छ नि !”

शेखर गोल्छा मोटरसाइकल र सामसङको बिक्रेता मात्र भने होइनन् । उनले हेस्टर बायोसाइन्स इन्डियासँगको साझेदारीमा हेस्टर बायोसाइन्स नेपाल खोलेका छन् । जसले भ्याक्सिनको उत्पादन गर्छ । जुन निर्यात हुने व्यवसाय हो । यसबाहेक गोल्छाले निजी लगानीमा २५ मेगावाटको सौर्य ऊर्जाको उत्पादन सुरु गर्दै छन् । गोल्छाका केही रोकिएका परियोजना छन् । 

जुन प्रधानमन्त्रीको भारत भ्रमणपछि सुरु हुने बताउँछन् । “प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा केही परियोजनाको सुरुवात गर्ने हाम्रो तयारी छ,” गोल्छाले भने, “मुख्य फोकस अब उद्योगमा नै छ । जसमा मेरो डीएनए छ ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro