site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मिटरब्याजीपीडितका माग जायज छ, सरकारसँग छलफल गर्नेछु : बाबुराम भट्टराई
Sarbottam CementSarbottam Cement

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मिटरब्याजीपीडितले अघि सारेका मागका विषयमा सरकारसँग छलफल गर्ने बताएका छन् । 

सोमबार काठमाडौंको शान्तिबाटिकामा मिटरब्याजीपीडितसँग कुराकानी गर्दै भट्टराईले उनीहरूले अघि सारेका माग जायज भएकाले यस विषयमा सरकारसँग छलफल गर्ने बताएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

"बाध्यतामा परी ऋण लिएका किसानहरूको घरखेत नै बेच्नुपर्ने गरी सुदखोरले असुली गर्ने काम सदाका लागि बन्द हुनुपर्छ," उनले भने । 

भट्टराइले मिटरब्याजीसम्बन्धी सरकारले गठन गरेको आयोगको कार्यदेशलाई बलियो बनाउनुपर्ने मिटरब्याजीपीडितको माग जायज भएको धारणा राखे । 

Global Ime bank

जाली तमसुकका कारण मुद्धा खेप्न बाध्य भएकाले अहिलेलाई मुद्दाहरू स्थगित गराउँदै जाली तमसुक आयोगलाई बुझाउने र जाँचबुझ गरेर मात्रै हल गर्ने विषयमा सरकारसँग कुरा गर्ने उनले बताए । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले नेपाल सरकारसमक्ष विभिन्न ६ बुँदे माग राख्दै आएको छ ।

चक्रवृति तथा मिटरव्याजीलाई कारबाही गर्नुपर्ने, जाली तमसुक तथा पीडितको जमिन फिर्ता गर्नुपर्ने लगाएतमा माग राख्दै पीडितहरूले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । यसअघि सरकारसँग भएको वार्ता असफल भएपछि मिटरब्याजीपीडित शान्तिबाटिकामा बस्दै आएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १३:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !